arrow

मोरोक्कोको अन्तिम समयको आत्मघाती गोलले ईरान बिजयी

logo
प्रकाशित २०७५ असार १ शुक्रबार
worldcup-2018-1.jpg

काठमाडौं। विश्वकप फुटबलमा समुह 'ए'को खेलमा ईरानले मोरोक्कोलाई १-० गोलले पराजित गरेको छ। खेलको ९५औं मिनेटमा  मोरोककोका अजिज भहुवाडोजले आत्मघाती गोल गर्दा ईरान बिजयी भएको हो। 

मोरोक्कोले खेलमा पुर्ण नियन्त्रण गरे पनि पराजित भएको हो। ६४% बल आफ्नो पक्षमा राखेको मोरोक्को ईरानसँग पराजित भएको हो। ईरानका तीन खेलाडीले पहेंलो कारड पाएका थिए भने मोरोक्कोका १ खेलाडीले मात्र पहेंलो कार्ड पाएका थिए। 

सन् १९९८ बाट ईरानले पहिलो पटक विश्वकपमा खेल जितेको हो । अफ्रिका महादेशको टोली मोरोक्कोले पहिलो हाफमा धेरै मौका गुमाएको थियो। सन् १९९८मा ईरानले अमेरिका बिरुद्ध २-१ गोलले बिजयी भएपछिको विश्वकपमा पहिलो जित हासल गरेको छ। 

एकैदिन ईजिप्टले पनि अन्तिम समयमा गोल खाँदै उरुग्वे बिरुद्ध पराजित भएपछि मोरोक्को अफ्रिका महादेशको पराजित हुने टोली भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ