कपिलवस्तु। देशका विभिन्न भागमा केहि दिनयता आकाशबाट परेको पानीमा हिलो मिसिएको खबर प्राप्त भएको छ। कपिलवस्तुको आकासमा शुक्रवार दिउँसोदेखि पटक पटक हिलो मिसीएको पानी परेको स्थानियहरुले जनाएका छन्।
वर्खामा खोलामा हुने पानी जस्तै हिलो धमीलो पानी शुक्रवार दिउँसो परेको थियो । विहान, दिउँसो र साझ गरि तीन पटक यस्तो पानी परेको थियो।
मौसम विज्ञान विभाग काठमाडौंले यस किसिमको पानी पश्चिम वायुको प्रभावका कारण भएको जनाएको छ। विभागले भारतीय आकाशमा राजस्थान आसपासको मरुभुमीमा अत्यधिक मात्रामा बिहिवारदेखि हावाहुरी चलेकोले आकासमा धुलो जम्मा भएका कारण पश्चिम नेपाल तथा मध्य नेपालका केहि भागमा पानी पर्दा धमिलो पानी परेको जनाएको छ।
भारतीय आकाशमा परेको प्रभाव नेपाली आकाशमा पनि केहि परेको र भारतीय सिमा नजिकको नेपाली आकाश मुनीका नागरिकहरुले समेत उक्त अनुभुती गर्न पाएको मौसम विभागले जनाएको छ ।
खुल्ला आकाशमुनी राखिएका सवारी साधानमा पनि हिलो पानी परेको कारण दागहरु देखिएका थिए।