arrow

रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगलले स्पेनसँग अंक बाँड्यो

logo
प्रकाशित २०७५ असार २ शनिबार
Ronaldo_Portugal_Spain.jpg

काठमाडौं। क्रिष्टियानो रोनाल्डोको ह्याट्रीक गोल मदतले स्पेन विरुद्ध पोर्चुगलले ३-३को बराबरी नतिजा निकालेको छ। प्रतिस्पर्धात्मक खेलमा रोनाल्डोले एक्लै तीन गोल गर्दै स्पेन बिरुद्ध १-१ अंक साझेदारी गरेका हुन्। 

खेलको तेस्रो मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाएका थिए। २४औं मिनेटमा स्पेनका डिएगो कोष्टाले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 

त्यसैगरि रोनाल्डोले ४४औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-१को अग्रता दिलाएका थिए। ५५औं मिनेटमा डिएगो कोष्टाले दोस्रो गोल गर्दै खेलको स्थिती २-२ बनाएका थिए। त्यस्को तीन मिनेट पछि स्पेनका नाचोले दर्शनीय गोल गर्दै स्पेनलाई ३-२ गोलको अग्रता दिलाएका थिए। 

दोस्रो हाफमा स्पेनले आक्रमक खेलको प्रदर्शन गर्दै गरेको र पोर्चुगललाई खासै कुनै मौका दिएको थिएन। खेलको ८८औं मिनेटमा रोनाल्डोले फ्री-कीक मार्फत गोल गर्दै पोर्चुगललाई ३-३को स्थितीमा पुर्‍याएका थिए।  

खेलको अधिकांश समय स्पेनले बल आफ्नो नियन्त्रणमा राखेको थियो। खेलको ६३% बल आफ्नो पक्षमा राखेको स्पेन पोर्चुगलसँग अंक बाँड्न बाध्य भएको हो। विश्व फुटबलमा रोनाल्डोले आफ्नो साख कायमै राखेका छन्। उनको यो ह्याट्रीक विश्वकप फुटबलको ५१औं ह्याट्रिक रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ