arrow

विश्वकप फुटबलः दावेदार फ्रान्सलाई रोक्ने अष्ट्रेलियाको योजना, के गर्लान् ग्रिजम्यानले

logo
प्रकाशित २०७५ असार २ शनिबार
france-australia.jpg

काठमाडौं । रुस विश्वकप फुटबलमा शनिबार चार खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे फ्रान्स र अष्ट्रेलिया भिड्दै छन् । समुह सी अन्तर्गतको पहिलो खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्न थालेका हुन् । 

यसपटकको विश्वकपको लागि फ्रान्स उपाधि दाबेदारमध्येको एक हो । युवा खेलाडीहरुले भरिएको यो टोलीलाई हराउनु कुनै पनि मुलुकको लागि चुनौती हो । सन् २०१६ को फाइनलमा पुगेर पनि आफ्नो घरेलु भूमिमा उपाधि हासिल गर्न नसकेको भन्दै यो टोलीको विषयमा प्रश्न उठेको थियो । 

फ्रान्सले विश्वकप छनोटको क्रममा सबै प्रश्नहरुको उत्तर दिने प्रयास गरेको थियो । छनोटको क्रममा फ्रान्सले आफ्नो पछिल्लो खेलमा केवल एक खेल हारेको थियो । यो क्रममा उसले १३ गोल पनि गरेको थियो । 

फ्रान्सको लागि पछिल्लो समय गोलको कुनै समस्या नरहेको देखिन्छ । पछिल्लो आठ खेलमा यो टोलीले १७ गोल गरिसकेको छ । यो टोलीका लागि एन्टोनी ग्रिजम्यान र कायलमि एमबाप्पेजस्ता खेलाडीहरु निकै महत्वपूर्ण हुनेछ । 

समुह सीमा रहेको फ्रान्सलाई यो समुहको विजेताको रुपमा हेरिएको छ । यस्तोमा विपक्षी टोलीलाई यो खेलमा फ्रान्सलाई रोक्नु एक चुनौती हुनेछ । फ्रान्सले फिफाको र्याङ्किङमा २० देखि ४० को बीचमा रहेका टोलीहरुसँगको खेलमा पछिल्लो ११ खेलमा नौ पटक जित हासिल गरेको छ । 

यसले २६ औं स्थानमा रहेको अष्ट्रेलियाको लागि समस्या सिर्जना गर्नसक्ने देखिन्छ । अष्ट्रेलियाले सन् २००२ को विश्वकपयता यो प्रतियोगिताको सुरुवाती खेलमा कुनै गोल गर्न सकेको छैन । 

विश्वकप छनोटको क्रममा साउदी अरेबिया भन्दा पछाडि रहँदै रुस विश्वकपको लागि छनोट भएको टोलीका लागि आजको खेल निकै कठिन हुनसक्ने देखिन्छ । 

विश्वकपमा निकै कठिनका साथ छनोट भएको टोलीका आजको खेल निकै ठुलो चुनौती हुनसक्ने देखिन्छ । यद्यपि त्यसयता भने टोली लयमा देखिएको छ । यस महिना भएका दुई खेलमा छ गोल गरेको टोलीले चेक गणतन्त्र र हंगेरीलाई हराएको थियो । 
अष्ट्रेलियाका लागि अहिले नेदरल्याण्ड्सलाई सन् २०१० मा विश्वकपको फाइनलमा पु¥याउने प्रशिक्षक रहेको कारण पनि केही सहज अवस्था रहेको छ । 

हेड टु हेड 
अष्ट्रेलिया र फ्रान्स अहिलेसम्म चारपटक भिडेका छन् । जसमा अष्ट्रेलियाले एकपटक जित हासिल गरेको छ भने फ्रान्सले दुईपटक जितेको छ । पछिल्लो पटक यी दुई दुई टोलीहरु सन् २०१३ मा भिडेका थिए । जसमा फ्रान्सले ६–० गोल अन्तरको जित हासिल गरेको थियो । अष्ट्रेलियाले भने सन् २००१ मा फ्रान्सलाई एकपटक हराएको थियो । सो खेल १–० ले अष्ट्रेलियाले जितेको थियो । 


प्लेयर्स टु वाच 

एन्टोनी ग्रिजम्यान (फ्रान्स)
एथ्लेटिको मड्रिडका यी खेलाडी फ्रान्सको लागि निकै महत्वपूर्ण खेलाडी हुन् । फ्रान्सका युवा फरवार्डको प्रदर्शन यो विश्वकपमा निकै महत्वपूर्ण हुनसक्छ । 

आरोन मोय (अष्ट्रेलिया) 
फ्रान्सलाई रोक्नसक्ने अष्ट्रेलियाका खेलाडी आरोन मोय हुन् । मिडफिल्डमा अष्ट्रेलियाको सबैभन्दा ठुलो आशा यी खेलाडीमाथि रहेको छ । यी खेलाडी अष्ट्रेलियाका सबैभन्दा चलाख खेलाडी मानिन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ