arrow

मौसमले विश्वकप हेर्न साथ दिँदैछ, शनिबार चार खेल हुँदै 

शनिबार दिउँसो ३ः४५ देखि आइतबार बिहान २ः३० सम्म खेल

logo
प्रकाशित २०७५ असार २ शनिबार
russia-2018.png

काठमाडौं । मौसमले घरमै बस्न साथ दिँदैछ । बाहिर वर्षा भइरहेको छ । नेपालका वर्षा नभएका स्थानमा पनि शनिबार वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार देशका अधिकांश भागमा वर्षा हुनेछ । 

यसको सदूपयोग घर परिवारसंग बसेर वा साथीभाइ भेला भएर विश्वकप हेर्न उत्तम विकल्प हुनेछ फुटबलप्रेमीहरुलाई ।

को को खेल्दैछन् ? 
विश्वकप फुटबलमा शनिबार चार खेल हुँदैछन् । पहिलो खेलमा दिउँसो ३ः४५ बजे फ्रान्सले अष्ट्रेलियासंग खेल्नेछ । यो समूह सी को खेल हो । फ्रान्स उपाधिको दावेदार हो भने अष्ट्रेलिया एसियाको सशक्त टिम हो ।

त्यस्तै समूह डी को खेलमा साँझ १८ः४५ बजे अर्जेन्टिनाले आइसल्याण्डसंग खेल्दैछ । अर्जेन्टिना अर्को उपाधि दावेदार हो । आइसल्याण्डले पहिलो पटक विश्वकपमा आफूलाई उभ्याएको छ । 

समूह सी को खेलमा राति २१ः४५ बजे पेरु र डेनमार्क खेल्दैछन् । 

त्यसैगरी समूह डी को खेलमा राति १२ः४५ बजे क्रोएसियाले नाइजेरियासंग खेल्दैछ । सबैले पहिलो खेल खेल्दैगर्दा यो खेलबाटै प्रिक्वाटरफाइनल पुग्ने छिनोफानो पनि हुनेछैन र हार्ने टिम बाहिरिने पनि छैन । तर अर्को चरण पुग्ने आधार भने बन्ने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ