arrow

मोरक्को जितेको इरानमा विश्वकप हेर्न प्रतिवन्ध

logo
प्रकाशित २०७५ असार २ शनिबार
iran-worldcup.jpg

तेहरान । इरानका अधिकारीहरूले विश्वकप फुटवल प्रतियोगीताको खेल सार्वजनिक ठाँउमा हेर्न प्रतिबन्ध लगाइएको जनाएका छन् । रुसको मस्कोमा भएको विश्वकपको उद्घाटन समारोह गर्न र अन्य खेलहरू समेत हेर्नका लागि तेहरानका सार्वजनिक ठाँउहरुमा आयोजना गरिएको कार्यक्रम स्थगित गरिएको हुनसक्ने उनीहरूले बताएका छन् ।

मुस्लीम गणतन्त्रको राजधानीका पार्कहरु र रंगशालामा सार्वजनिक रूपमा विश्वकप हेर्ने कार्यक्रमको आयोजना गरिएको थियो ।
देशभरीका खुल्ला सार्वजनिक ठाँउहरूमा पुरुष र महिलासँगै बसेर खेल हेर्ने तयारीका विपक्षमा राज्य उभिएको जनाइएको छ ।
तेहरानको अजादी रंगशालाका अधिकारीहरुले पहिलो पटक सँगै बसेर सार्वजनिक रुपमा विश्वकप हेर्ने कार्यक्रम तय गरिएको जनाएका थिए ।

तर एउटा खेल सम्बन्धी अनलाईन खवर भर्जेसीमा लेखिएअनुसार त्यो योजना अन्तिम समयमा आएर स्थगित भएको छ । कार्यक्रम स्थगित हुँदा कुनै कारण उल्लेख गरिएको छैन ।

रसियामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत शुक्रबार दोस्रो दिनको दोस्रो खेलमा मोरक्कोको आत्मघाती गोलले इरान विजयी भएको थियो। इन्जुरी समयमा मोरक्कोबाट आत्मघाती गोल भएको हो। एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ