arrow

उपाधि दावेदार फ्रान्सको विजयी सुरुवात

logo
प्रकाशित २०७५ असार २ शनिबार
france5.jpg

काठमाडौं।  विश्वकप फुटबल प्रतियोगिताको पाँचौ खेलमा फ्रान्स विजयी भएको छ।  फ्रान्सले अस्ट्रेलियालाई २-१ गोलले पराजित गर्दै  विजयी भएको हो।

दोस्रो हाफमा फ्रान्सका एन्टोनि गुरिजम्यानले ५८ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पहिलो गोल गरेको थिए । फ्रान्सका लागि ८१ औं मिनेटमा पउल पोक्वा दोस्रो गोल गरेका थिए।  नेपाली समय  ३:४५ बजेबाट सुरु खेलको पहिलो हाफमा अस्ट्रेलिया र फ्रान्स बिच कडा प्रतिष्पर्धा भएपनि कुनै  गोल भने हुन सकेन।  केही गोल गर्ने संभावनाहरुमा भने अस्ट्रेलिया र फ्रान्स चुकेका थिए।   

अस्ट्रेलियाका माइल जेडेनकले ६२ औँ मिनेटमा पाएको पेनाल्टी सुटले जाली चुमेको थियो ।  खेलमा फ्रान्सका एक जना र अस्ट्रेलियाका तीन जानाले पहेलो कार्ड पाएका थिए । खेलमा फ्रान्सका कोरिनटिन टोलिसोले  पहेलो कार्ड पाएका थिए  भने अस्ट्रेलियाका माथियु लेक्की, जोसियु रिसडन  र अजीज बिएचले कार्ड पाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ