arrow

मेस्सीले पेनाल्टी 'मिस' गर्दा जितेन अर्जेन्टिना, आइसल्याण्डले रोक्यो बराबरीमा'

रक्षापंक्तिमै ९ जना

logo
प्रकाशित २०७५ असार २ शनिबार
messi15.jpg

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । समूह डी अन्तर्गत भएको खेलमा अर्जेन्टिनालाई पहिलो पटक विश्वकप खेलेको आइसल्याण्डले १–१ को बराबरीमा रोक्यो ।   

सँधै अग्रपंक्तिमा देखिने लियोनल मेस्सी आइसल्याण्डसँगको खेलमा मध्य पंक्तिमा देखिए । सर्जियो एगुएरोलाइ अघि सारे । मेस्सीले ६४औँ मिनेटमा पाएको पेनाल्टी समेत खेर फाले । मेस्सी पेनाल्टीमा चुके । मेसी भन्दा अघि रहेका सर्जियो एगुएरोले भने गोल गरे ।

उनले खेलको १९औँ मिनेटमै गोल गरेर टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको ४ मिनेटपछि आइसल्याण्डका अल्फ्रेड विनबोगासनले २३औ मिनेटमा गोल गर्दै १-१ काे बराबरी गरे ।   

रक्षात्मक खेलेको अर्जेन्टिनाले यो खेलमा अचम्मको रणनीति अपनायो । रक्षापंक्तिमा उसले ९ जना खेलाडी खटायो । मेसी र मध्यपंक्तिमा बसे । एगुएराे अघि लागे । 

रक्षापंक्तिको दाेस्राे लहरमा साल्भिओ, ओटामेन्डी, रोजो, र ट्यालिफिको लगायत थिए । पहिलाे लहरमा डि मारिया, विग्लिया, मेजा र माशेरानो रहे । बलमा बढी कब्जा अर्जेन्टिनाले नै जमाए पनि गोल गर्ने मामिलामा धेरै ठाउँमा चुक्यो । मेस्सीले पेनाल्टी मात्रै खेर फालेनन् धेरै अवसर गुमाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ