arrow

प्रतिस्पर्धात्मक खेलमा पेरु बिरुद्ध डेनमार्क बिजयी

logo
प्रकाशित २०७५ असार ३ आइतबार
Denmark_Peru.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगिताको समुह 'सी' अन्तरगतको पेरु र डेनमार्क बिचको खेलमा डेनमार्क १-० गोलले बिजयी भएको छ।

खेलको५९औं मिनेटमा डेनमार्कका युशुफ पलसेनले गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थीए । यही एक गोल खेलमा निर्णायक साबित भयो। 

पेरुले ४५औं मिनेटमा पाएको पेनाल्टी क्रिष्टियन कुएवाले बाहिर प्रहार गर्दा उसले खेलमा अग्रता लिने मौका गुमाएको थियो। पेरुले धेरै राम्रा आक्रमणहरु गरेता पनि गोलमा परिणत गर्न नसक्दा हार ब्योहोर्नु पर्‍यो। 

डेनमार्कले पनि केही राम्रा आक्रमणहरु पेरुको रक्षापंक्ति र गोलकिपरले बिफल तुल्याएका थिए। 

डेनमार्कले विश्वकप फुटबलमा आफ्ना दक्षिण अमेरिकी प्रतिद्वन्दी बिरुद्धको ४ खेलमा तीन खेलमा बिजयी हासिल गरिसकेको छ । सन् १९९८को विश्वकप फुटबलमा ब्राजिल बिरुद्ध क्वार्टरफाईनलमा पराजय ब्योहोरेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ