arrow

विश्वकप फुटबल: नाईजेरिया बिरुद्ध क्रोएसिया बिजयी

logo
प्रकाशित २०७५ असार ३ आइतबार
Modric_nigeria.jpg

काठमाडौं। रसियामा जारी विश्वकप फुटबल प्रतियोगितामा क्रोएसियाले नाईजेरियालाई २-० गोलले पराजित गर्दै सुखद सुरुवात गरेको छ। 

खेलको ३२औं मिनेटमा नाईजेरियाका ओघेनेकारो ऐटेबोले आत्मघाती गोल गर्दा क्रोएसियाले १-०को अग्रता लिएको थियो। क्रोएसियाका मान्डुकिचले टाउकोले हानेको बल एटेबोको खुट्टामा लाग्दै गोल भएको थियो। 

खेलको ७१औं मिनेटमा लुका मोडरिचले पेनाल्टी मार्फत गोल गर्दै २-०को स्थितीमा आफ्नो टोलीलाई पुर्‍याएका थिए। मोडरिचको विश्वकप फुटबलमा यो पहिलो गोल हो। 

क्रोएसियाले धेरै समय खेल आफ्नो पक्षमा राकेको थियो। यसबिच केही राम्रा आक्रमण गरे पनि थप गोल भने गर्न सकेन। नाईजेरियाले पनि केही राम्रा आक्रमण गरेको भएपनि गोल गर्न सकेको थिएन। 

यो खेल क्रोएसिया र नाईजेरिया बिचको पहिलो खेल रहेको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ