arrow

भिड्दै विश्वकपका दुई मुख्य दावेदार जर्मनी र ब्राजिल, को होला हावी

logo
प्रकाशित २०७५ असार ३ आइतबार
football-worldcup.jpg

काठमाडौं । विश्वकप फुटबलमा आइतबार दुई उपाधिका प्रमुख दावेदारहरु खेल्दैछन् । विश्वकपमा आइतबार तीन खेल हुँदै गर्दा पहिलो खेलमा साँझ ५ः४५ बजे कोस्टारिकाले सर्वियासंग खेल्दैछ । कोस्टारिका पुरै डिफेन्सिभ खेल्नेगरी ५–४–१ को स्थितिबाट खेल्ने बुझिएको छ । 

त्यस्तै सर्विया ४–२–३–१ को मध्यम स्थितिबाट खेल्नेछ । यो समुह ई को खेल हो । 

त्यस्तै पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनीले समुह एफ को खेलमा मेक्सिकोसंग खेल्दैछ । 

यो खेल राति ८ः४५ बजे सुरु हुनेछ । जर्मनी ४–२–३–१ को स्थितिमा खेल्नेछ भने सन् २०२६ को विश्वकप आयोजक मेक्सिको ४–२–१–३ को स्थितिमा खेल्नेछ ।

यो स्थिति हेर्दा जर्मनीले मिडफिल्डलाई मजबुद बनाउन खोज्दैछ भने मेक्सिको आक्रामक खेल्न खोज्दैछ । थोमस मुलर, टोनी क्रुज र मेसुट ओजिलजस्ता खेलाडी चम्किने जर्मनीको विश्वास छ । मेक्सिकोलाई हेभियर हर्नान्डेजले सम्हाल्ने बुझिन्छ । 


समुह ई को अर्को खेलमा राति २३ः४५ बजे ब्राजिल र स्वीजरल्याण्ड खेल्दैछन् । विश्वकपको सर्वाधिक सफल ब्राजिलले ४–३–३ को स्थितिबाट खेल्नेछ भने स्वीजरल्याण्ड ४–२–३–१ को स्थितिमा खेल्नेछ । 

ब्राजिलबाट नेइमार त छँदैछन् त्यसबाहेक फिलिप्पे कौटिन्हो, गाब्रियल जिसस, विलियन, कासेमिरो लगायतको खेल हेर्न लायक हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ