arrow

सरप्राइज टोली कोष्टारिका भन्दा बलियो भएर आएकै हो त इतिहास बोकेको सर्बिया 

logo
प्रकाशित २०७५ असार ३ आइतबार
serbia-costa-rica.jpg

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत आइतबारको पहिलो खेलमा साँझ ५ः४५ पछि समारा रंगशालामा सर्बिया र कोष्टारिका भिड्दै छन् । 

सर्बियाको खेललाई विशेष प्राथमिकताका साथ लिइएको छ । किनकि सर्बियाले ८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो । सर्बिया युरोपेली छनोट प्रतियोगितामा वेल्स, आयरल्यान्ड, अस्ट्रिया, जर्जिया र मोल्डोभाजस्ता बलिया टोली सम्मिलित समूह ‘डी’ बाट छानिएको हो । 

तर सर्बिया सहज बाटोबाट गुज्रेको छ । राम्रो तयारी हुन सकेन । सर्बियाले विश्वकपमा छनोट गराउन सफल प्रशिक्षक स्लाभोल्जुब मुस्लिनलाई बर्खास्त गरिदियो। उनको स्थानमा म्लादेन क्रास्टाजिकलाई नयाँ प्रशिक्षकका रूपमा नियुक्त गर्यो। 

सर्बियासंग इतिहास छ । तर त्यो इतिहासले विश्वकप अगाडि बढ्न सकेन । सन् १९३० को पहिलो विश्वकपमै सर्बियाले खेलेको थियो । तर त्यतिबेला युगोस्लाभियाको नामबाट खेलेको थियो । सर्बियाको नाममा भने पहिलो पटक २०१० को विश्वकप खेलेको हो। सर्बियाको नाममा पहिलो पटक सहभागिता जनाउँदा समूह चरण खेलेर घर फर्किएको थियो। २००६ मा स्वतन्त्र राष्ट्रको हैसियत बनाएको सर्बियाले विश्वकप खेल्न लागेको यो दोस्रो पटक हो।

छनोट प्रतियोगितामा सर्बिया सशक्त देखिएको थियो । एलेक्सान्द्रो मित्रोभिचले ६ गोल तथा डुसान टेडिचले ४ गोल गरेका थिए। विश्वकपको पहिलो खेलमा पनि यी खेलाडीले गोल गरेर टिमको यात्रा अगाडि बढाउने विश्वास लिइएको छ । 

यो समुह सजिलो छैन ब्राजिल र स्वीजरल्याण्ड भएकाले पनि कोस्टारिका विरुद्धको खेल जितेर अर्को चरण प्रवेशका लािग सर्बियाले ढोका खुला राख्न चाहन्छ । यो खेल हार्दा अर्को चरणको ढोका बिस्तारै कमजोर हुँदै जानेछ । 

कोष्टारिका सरप्राइज टिम हो । सन् २०१४ को विश्वकपमा कोष्टारिकाले अप्रत्याशित खेलेको थियो । कोष्टारिका त्यतिबेला क्वाटरफाइनलसम्म पुगेको थियो । कोष्टारिकाले क्वाटरफाइनलसम्मको यात्रा तय गर्नेमा विश्वस्त हुने आधार थिएनन् । 

तर इटाली, इङल्यान्ड र उरुग्वे रहेको समुहमा रहेको कोष्टारिकाले बाजी मार्यो र क्वाटरफाइनलमा पुग्यो । कोष्टारिका त समुह बिजेता नै बनेर प्रिक्वाटरफाइनल पुगेको थियो । 

यसपटक पनि कोष्टारिका कठिन समुहमा छ । तर आश्चर्यजनक यात्रा गर्न सिपालु कोष्टारिकालाई यसपटक भाग्यले साथ दिन्छ कि दिँदैन होला भन्ने हो । पछिल्लो विश्वकपमा रहेका १२ खेलाडी यसपटक पनि छन् । त्यो अनुभवले कोष्टारिकालाई साथ दिन सक्छ । 

प्रशिक्षक ओस्कार रामिरेजले परिपक्व खेलाडीहरुको टोली बनाएका छन्। 

यो खेलमा केलोर नाभास हावी हुने देखिएको छ । स्पेनिस क्लव रियाल मड्रिडको टोलीबाट पछिल्ला वर्षहरुमा सबैखाले सम्भव उपाधि जितिसकेका नाभासले कोष्टारिकालाई मजबुद बनाउने छन् । उनले सर्बियाको प्रहारलाई निस्तेज पार्नेछन् । उनी विश्वकै उत्कृष्ट गोलकिपरको लिष्टमा पर्छन् । 

ब्रायन रुइज, जोइल क्याम्पवेल जस्ता खेलाडी यो खेलमा हावी हुन सक्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ