arrow

धन्य ओली सरकार, धन्य प्रहरी प्रशासन !

मेयर साब्लाई कानुन लाग्दैन ?

logo
प्रकाशित २०७५ असार ३ आइतबार
pokhara-mayor.jpg

काठमाडौं । सरकारले आफू सुहाउँदो गतिविधिमात्र गरिरहेको देखिएको छ । कानुनको धज्जी उडाइरहेको छ । कानुनले कसैलाई काखा र कसैलाई पाखा गर्दैन । तर अहिलेको सरकारले कानुन हातमा लिएर आफू सुहाउँदो निर्णय गरिरहेको छ । नेपाल कम्युनिष्ट पार्टीका जनप्रतिनिधिहरु नै कानुन तोड्न लागेपछि यो सरकारबाट कस्तो अपेक्षा गर्ने भन्ने प्रश्न टड्कारो बनेको छ । 

पोखरा–लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले हेभी मेसिनरी औजारको प्रयोग गर्दा दुर्घटना गराए । तीन जना घाइते भए । उनले एक्साभेटर नै गुडाए । उनीसंग त्यसको लाइसेन्स थियो त ? 

त्यो क्षेत्रको एक जना अभिभावकले बिना लाइसेन्स नै स्काभेटर चलाउँदा देश नै लज्जित हुनुपरेको छ । एउटा मोटरसाइकल चलाउन त लाइसेन्स चाहिन्छ भने मेयर साब्ले के आधारमा स्काभेटर चलाए होलान् । 


अनि स्काभेटर चलाउन दिने को ? रमिते बनेर हेर्न पाइन्छ ? स्काभेटरजस्तो हेभी इक्युपमेन्ट चलाउनु केटाकेटीको ‘भाँडाकुटी’ जस्तो हैन भनेर बुझ्न नसक्ने मेयरले पोखरा महानगरपालिकालाई भोलिका दिनमा कहाँसम्म पु¥याउलान् । 

फेरि हाम्रो ट्राफिक कस्तो । मेयरले गल्ती गरेपछि कानुनी दायरामा ल्याउन नपर्ने ? 

पूर्व युवराज पारस शाहले तीव्र गतिमा गाडी हाँकेको भनेर कार्वाही गर्ने ट्राफिकले मेयरलाई समात्न किन नसक्ने ? के ट्राफिक पनि शक्तिको पछि लाग्छ ? 
यसले स्पष्टै देखाएको छ । कानुन सबैका लागि बराबर हो । ट्राफिकले पनि कानुनको पालना गर्नुपर्छ । 

हिजो तिनै पारसले गाडी चलाएर गायक प्रविङ गुरुङको हत्या गर्दा कार्वाही गर्न डराएको प्रहरी प्रशासन आज भने उनी शक्तिमा नहुँदा ठूलै काम गरेजस्तो देखाएर कार्वाही गर्यो । 

समय बदलिएको जस्तै गरी प्रहरी प्रशासन बदलिन मिल्छ ? प्रहरीलाई कार्वाही गर्न प्रमाण चाहिने हो भने भिडियो र तस्वीर प्रमाण छन् मेयरका कर्तुतका । 

त्यतिमा होइन गत शुक्रबार पोखराको फिर्केखोलाको दुबै किनारामा फुटट्रयाक निर्माणको शुभारम्भ गर्न शुक्रबार आयोजित कार्यक्रम क्रममा भएको दुर्घटनाप्रति मेयर जिसीले दुःख व्यक्त गरेका छन्। 

शनिबार विज्ञप्ति निकाल्दै मेयर जिसीले सो दुर्घटनाबारे दुःख व्यक्त गर्दै असावधानीवश भएको जनाएका छन् । यो पनि उनलाई कार्वाहीको दायरामा ल्याउने प्रमाण हो । 

कसैले कानुन मिच्यो भने कार्वाही गर्न प्रहरी प्रशासनमा निवेदन नै हाल्नुपर्छ भन्ने छैन । प्रहरी प्रशासनले प्रमाणका आधारमा कार्वाही गर्न सक्छ । के यसलाई पनि नदेखेजस्तो गर्न मिल्छ र । 

उनले घटनाको नैतिक जिम्मेवारी लिए । तर माफी माग्ने कष्ट गरेनन् । नैतिक जिम्मेवारी लिनु मात्र भन्नुको अर्थ हो घटना स्वीकार्नु तर माफी नमाग्नु । उनले अपनाउनु पर्ने सावधानी नपनाइएको र व्यवस्थापकीय कमजोरीले घटना भएको भनेका छन् । मैले गल्ती गरें भनेका छैनन् । 

दुर्घटनामा दुई पत्रकारसहित पाँच जना घाइते भएका थिए । मेयर जिसीले माफी माग्नुभन्दा पनि सोच्दै नसोचेको घटनाले एउटा पाठ सिकाएको भन्दै सोही अनुसार बुझिदिन आग्रह गरेका छन् । 

तर यसरी नै बुझिदिँदा अपराध लुक्छ र मेयर साब् । 

मेयर डोजर ड्राइभर बन्दा पुलको रेलिङ भाचियो, पत्रकार सहित ३ घाइते

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ