arrow

मेयर डोजर ड्राइभर बन्दा पुलको रेलिङ भाचियो, पत्रकार सहित ३ घाइते

logo
प्रकाश ढकाल,
प्रकाशित २०७५ असार १ शुक्रबार
pokhara-lekhnath-mayour.png

पोखरा। पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानवहादुर जिसीले डोजर चलाएर एक कार्यक्रम उद्घाटन गर्ने क्रममा पत्रकार सहित ३ घाइते भएका छन् । 

प्राविधिक ज्ञान नभएका कार्यक्रमका प्रमुख अतिथि मेयर जिसीले एकैचोटी आत्तिएर डोजरको लिभर दवाउने क्रममा वकेटले रेलिङ भत्काउदा त्यसैमा आड लगाएर उद्घाटनको फोटो खिचिरहेका पत्रकार र सर्वसाधारण एक्कासी फिर्के खोलमा खसेका हुन् ।

शुक्रवार  पोखरा लेखनाथ महानगरपालिकाले फिर्के खोलामा पैदलमार्ग (फुटट्रयाक) निर्माणको सुभारम्भ गर्ने कार्यक्रममा रहेको थियो । 

कार्यक्रमको समाचार संकलनको लागि पुगेका संचारकर्मी गण्डक न्युजका रञ्जन अधिकारी, रेडियो अन्नपूर्णका सन्देश श्रेष्ठ र स्थानीय गौरी पौडेल लगायत ५ जना फिर्केमा खसेका थिए ।  पत्रकार अधिकारी उपचार पछि घर फर्केका छन् । उनको शरिरका विभिन्न भागमा चोट लागेको छ । श्रेष्ठ सामान्य छन् । पौडेलको मेट्रोसिटी अस्पतालमा उपचार भईरहेको छ । उनलाई बढी चोट लागेको छ ।

पोखरा लेखनाथ महानगर वडा नं १८ को अँधेरी कुनादेखी ड्यामसाईडसम्म फिर्केको ६ किमीको दुरीमा पैदलमार्ग वनाउने महानगरको योजना छ । पैदलमार्ग वनाउनको लागि फिर्के खोला वातावरण संरक्षण तथा वाटो निर्माण उपभोक्ता समितिले काम सुरु गरेको छ ।

जीसी पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा तत्कालिन नेकपा एमाले हालको नेकपाबाट निर्वाचित भएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ