arrow

जर्मनीले प्रमाणित गर्दै डिफेन्डिङ च्याम्पियन हुनुको भूमिका, भिड्दै मेक्सिकोसंग 

logo
प्रकाशित २०७५ असार ३ आइतबार
germany-mexico.jpg

काठमाडौं । आइतबार राति पौने ९ बजे विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन जर्मनी र मेक्सिकोबीच समुह एफ को पहिलो खेल हुँदैछ । यो खेल यो समुहको निकै महत्वपूर्ण खेल हो । 

चार वर्षअघि विश्वकपको उपाधि उचालेको जर्मनीलाई यो समुहको बलियो टोलीको रुपमा हेरिएको छ । यो टोलीले पछिल्लो चार वर्षमा विश्वकप, कन्फेडेरेसन कप जित्नुका साथै युरोकपको फाइनलमा पनि पुगेको थियो । चार पटकको विश्वकप उपाधि विजेता टोली यसपटक केही दबाबका साथमा रुस पुगेको छ । 

यो टोलीको पछिल्लो केही प्रदर्शनको विषयमा भने धेरै टीकाटीप्पणीहरु हुने गरेको छ । इंगल्याण्ड, फ्रान्स र स्पेनसँगको बराबरी यो टोलीका लागि सम्मानलायक नतिजा नै हो । ब्राजिलसँगको हारको नतिजा पनि खासै त्यस्तो अनौठो नतिजा होइन तर अष्ट्रिया र साउदी अरेयिबासँगको हारको नतिजाले भने गएको जुनयता जर्मनी समस्यामा रहेको देखिन्छ । 

जर्मनीको टोलीमा इल्के गुन्डोगन र मेसुट ओजिललाई एकताबद्ध हुन नसकेको भन्दै आरोप लाग्ने गरेको छ । यद्यपि यो टोलीलाई आफ्नो प्रदर्शनमा सुधारको मौका भने हुनेछ । अहिल जर्मनीको टोलीलाई सुधारको आवश्यक रहेको देखिन्छ । यो टोलीले पछिल्लो छ खेलमा राम्रो प्रदर्शन गर्न नसकेको कारण पनि उसको खेलको विषयलाई लिएर विभिन्न टीकाटीप्पणीहरु हुने गरेको हो । 

आइतबारको खेलमा मेक्सिकोले जर्मनीलाई समस्यामा पार्न पनि सक्छ । मेक्सिको पछिल्लो छ प्रतियोगितामा अन्तिम १६ मा पुगेको छ । यो टोली यसपटक सातौंपटक विश्वकपको नकआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ । सन्तुलनको कुरा गर्ने हो भने यो टोली निकै राम्रो लयमा देखिन्छ । 

मेक्सिकोको लागि आजको खेलमा सकारात्मक नतिजा हासिल गर्नु बोनस हुनेछ । उसको समुहमा दक्षिण कोरिया र स्वीडेनजस्ता टोलीहरु रहेको कारण उसको लागि समुहको सबैभन्दा ठुलो प्रतिस्पर्धी जर्मनी नै हो ।

प्रिमियर लिगका केही खेलाडीहरुले मेक्सिकोको टोलीलाई थप मजबुत बनाएका छन् । रक्षा पंक्ति र मध्यभागमा यो टोलीको प्रदर्शन निकै राम्रो मानिन्छ । मेक्सिकोका राफेल मार्केजको लागि यो विश्वकप पाँचौं विश्वकप हो । 

हेड टु हेड 
जर्मनी र मेक्सिको अहिलेसम्म १२ पटक आमनेसामने भएका छन् । जसमा जर्मनी केही बलियो देखिन्छ । जर्मनीले छ पटक जित हासिल गरेको छ भने मेक्सिकोले केवल एक पटक जितेको छ । बाँकी खेलहरु बराबरीमा सकिएका छन् । उनीहरुको बीचमा पछिल्लोपटक कन्फेडेरेसन कपमा भेट भएको थियो । सो खेल जर्मनीले ४–१ गोलले जितेको थियो । 

प्लेयर्स टु वाच
थोमस मुलर (जर्मनी)

 आइतबारको खेलमा जर्मनीलाई रोक्ने हो भने मेक्सिकोको ध्यान यी खेलाडीमा हुनु जरुरी छ । बार्यन म्युनिखका मध्यपंक्तिका खेलाडीले सन् २०१० मा गोल्डेन बुट हासिल गरेका थिए । सन् २०१४ को विश्वकप जिताउनका लागि पनि उनले पाँच गोल गरेका थिए । 

कार्लोस भेला (मेक्सिको)
आइतबारको  खेलमा यी खेलाडीमा धेरैको आँखा हुनेछ । जर्मनीको रक्षापंक्तिलाई समस्यामा पार्नसक्ने एउटै मेक्सिकोका खेलाडी भेला हुन् । मेक्सिकोका अग्रपंक्तिका भेला पछिल्लो समय लयमा पनि देखिएका छन् । यो खेलमा उनी चलेको खण्डमा खेल रोमाञ्चक बन्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ