arrow

‘टुटे’ लियोनल मेस्सी, के होला अब 

logo
प्रकाशित २०७५ असार ३ आइतबार
messi16.jpg

काठमाडौं । अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी टुटेका छन् । उनले रुस विश्वकपको पहिलो खेलमा आइसल्याण्डसंग १–१ को बराबरी नै खेल्नु परेपछि निकै पीडा भोग्नुपरेको हो । 

कप्तान मेस्सीकै कारणले अर्जेन्टिनाले बराबरी खेल्नुपरेको हो । ३० वर्षे मेस्सीले सन् २०१६ मा टिमबाट राजीनामा दिएका थिए । 

तर पछि उनी पुनः टिम सम्हाल्न पुगे । टिम विश्वकपमा छनोट हुने सम्भावना निकै कम थियो । तर अन्तिम खेलमा ह्याट्रिक गर्दै उनले टिमलाई विश्वकपमा ल्याए । 

पहिलो पटक विश्वकप खेलिरहेको अनुभवविहीन आइसल्याण्डसंग भोगेको बराबरी अहिलेसम्मकै दुःखदायी थियो । 

किनकि खेलका क्रममा मेस्सीले गोल गर्ने १० प्रहारलाई गोलमा परिणत गर्न सकेनन् । 

त्यसमा सबैभन्दा महत्वपूर्ण पेनाल्टी पनि थियो । पेनाल्टीमा विश्वकपमा समेत गोल गर्न नसक्नु मेस्सीको नै ठूलो समस्या थियो । 

अघिल्लो रात मेस्सीका प्रतिद्धन्द्धी मानिएका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले स्पेन जस्तो बलियो टिमविरुद्ध ह्याट्रिक गरेका थिए । 

मानसिक दवाव खेलमा मेस्सीले सुरुदेखि भोगेका थिए । तर उनले ठूलो गल्ती गरे । सुरुवाती फ्रिकिकमा नमिलेको सफलता र पेनाल्टीमा पनि चुकेपछि उनले फेरि फ्रिकिक नहानेको भए सम्भवतः खेलमा अर्जेन्टिना विजयी हुन्थ्यो होला । 

मेस्सीले नराम्रो त खेले नै कप्तानी भूमिका समेत निर्वाह गर्न सकेनन् । उनले सही समयमा सही निर्णय लिनुपर्दथ्यो । 

सम्भवतः यो विश्वकप नै मेस्सीको अन्तिम हो । उनका समर्थकहरुले सोचेका थिए कि –मेस्सीले चामत्कारिक प्रदर्शन गर्नेछन् । उस्तै परे विश्वकप नै जिताउने छन् अनि विश्वकपको अर्काे संस्करणमा कतारमा आउने छन् । 

कतारको कुरा गर्नु अहिले हतार होला । तर मेस्सी यो विश्वकपकै असार महिनाभर रुसमा रहनेमा आशंका बढेको छ । 

पहिलो खेलमा भोगेको २ अंकको नोक्सान पूर्व विश्व च्याम्पियन अर्जेन्टिनाका लागि महंगी सावित हुन सक्नेछ । मेस्सीका लागि झनै बढी चुनौतीपूर्ण । 

अर्जेन्टिनामा अरु पनि एकसे एक खेलाडी छन् । तर तिनै मेस्सीका सामुन्ने फिका लाग्छन् । मेस्सी नहुँदा पनि अर्जेन्टिना कमजोर छ भन्ने होइन । हिरो मेस्सी नै हुन् । 

हिरो सधै छाउँदैन । शनिबारको दिन मेस्सीका लागि शुभ थिएन । ठूलो ‘शनि’ को दशाले छोएको थियो । 

उनका फ्यानहरु सम्भवतः शनि दशा कटेको विश्वास गर्छन् र अबका हर खेलमा मेस्सीको चमत्कारको अपेक्षा गर्छन् । 

मेस्सी खेलमा फर्कन कुनै ठूलो समय पर्खन पर्दैन । तसर्थ मेस्सीको जादूमय खेल फेरि हेर्न पाइने छ । तर अब पनि हानेस हालडोर्सन (आइसल्याण्डका गोलपिकर) जस्ता राहुहरु उनको बाटोमा फेरि तगारो बने भने उनको प्रदर्शनमाथि प्रश्न चिन्ह खडा हुनेछ । 

स्पेनिस क्लव बार्सिलोनालाई ला लिगाको उपाधि दिलाएका मेस्सीले अर्जेन्टिनालाई भने त्यतिधेरै सफलता दिलाउन सकेका छैनन् । 

राष्ट्रका लागि केही दिनका लागि पनि अब मेस्सीलाई आगामी दिन चुनौतीपूर्ण छन् । 

विश्वकपको समुह डी मा रहेको अर्जेन्टिनाले अब क्रोएसिया र नाइजेरियासंग खेल्न बाँकी छ । क्रोएसियाले पहिलो खेलमा नाइजेरियालाई २–० ले हराइसकेको छ । 

दोस्रो खेलमा अर्जेन्टिनाले क्रोएसियासंग आगामी बिहिबार (असार ७ गते) खेल्दैछ । त्यो खेलमा मेस्सीको सच्चा अग्नीपरिक्षा हुनेछ । के गर्लान् मेस्सी । 

पहिलो खेलमा आफू टुटेका छन् । दोस्रो खेलमा पनि टिमले हारको सामना गर्यो टिम टुट्ने छ । अन्तिम खेलमा नाइजेरियासंग अर्को मंगलबार (असार १२ गते) पराजित भयो सिंगो समर्थक जगत् नै टुट्ने छ । 

The Barcelona superstar could not covert from 12 yards after Maximiliano Meza was bundled over by Hordur Magnusson

Messi tried to make amends for that mistake and drove a last-gasp free-kick into the Iceland wall in disappointing fashion

The five-time Ballon d'Or winner looked utterly dejected after failing to get Argentina off to a winning start in Russia

Goalkeeper and part-time film-director Halldorsson was the hero for Iceland, who enjoyed their first World Cup outing

 

Argentine captain Messi sprints clear of a trio of Iceland players including Gylfi Sigurdsson and Birkir Bjarnason Messi tries to atone for his surprising error from 12 yards by bending a free-kick over the Iceland wall and towards goal

An unhappy Messi and Aguero remonstrate with Polish referee Szymon Marciniak and his assistant after one decision

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ