arrow

नेयमारको टोलीलाई रोक्ला त स्विट्जरल्याण्डले ?

logo
प्रकाशित २०७५ असार ३ आइतबार
brazil3.jpg

काठमाडौं । आज राति पौने १२ बजे ब्राजिल र स्विट्जरल्याण्डको बीचमा प्रतिस्पर्धा हुँदैछ । समुह ई को दोस्रो खेलमा यी दुई टोलीहरु आमनेसामने हुन लागेका हुन् । यो समुहमा यी दुई टोलीहरु बलिया टोली मानिएका छन् । जसको कारण पनि यो खेलमा धेरैको ध्यान जानेछ ।

छैठौं उपाधिको खोजीमा रहेको ब्राजिललाई यसपटक पनि दाबेदार मुलुकको रुपमा हेरिएको छ । अघिल्लो विश्वकप घरमै आयोजना गरेर पनि उपाधिमा कब्जा राख्न नसकेको यो मुलुक राम्रो तयारीका साथ रसिया पुगेको छ । यो टोलीमाथि धेरै अपेक्षा पनि गरिएको छ । सन् २०१४ को सेमिफाइनलमा जर्मनीसँग बेहोरेको ७–१ को हारपछि सन् २०१५ मा भएको कोपा अमेरिकामा पनि ब्राजिल नकआउट चरणबाट बाहिरिएको थियो । जसको कारण ब्राजिलको आलोचना हुँदै आएको अवस्थामा विश्वकप छनोटमा भने ब्राजिलले सबैलाई राम्रो जवाफ दिएको थियो । उसले छनोटका १८ खेलमा १२ खेल जितेको थियो भने केवल एक खेल हारेको थियो ।

ब्राजिलको लागि गोल गर्नमा कुनै समस्या छैन जसको कारण आजको खेलमा स्विट्जरल्याण्डलाई ब्राजिललाई रोक्नु एक चुनौती हुनेछ । नेयमार ग्राबियल जेसस, विलियम, रोबर्टो फर्मिनो र काउटिन्होजस्ता खेलाडीहरुलाई ब्राजिलको टोलीलाई थप उर्जा प्रदान गर्नेछन् । रक्षा पंक्तिमा पनि ब्राजिललाई मात दिनु त्यति सजिलो छैन ।

स्विट्जरल्याण्डको लागि ब्राजिलको साथमा विश्वकपको सुरुवात गर्नु त्यति सहज भने हुनेछैन । यद्यपि स्विट्जरल्याण्डको टोली पनि सन्तुलित अवस्थामा नै रहेको छ । छनोटयता स्विट्जरल्याण्डले अहिलेसम्म तीन खेल जितेको छ भने एक खेल बराबरी खेलेको छ । यससँगै उसले छ खेलमा अपराजित हुने नतिजा कायम गरेको छ । यो क्रममा उसले स्पेनसँगको बराबरीमा एक गोल मात्र खाएको छ । यो टोलीलाई धेरै गोल गर्न नसकेको भन्दै आलोचना पनि हुने गरेको छ । यसले भने आजको खेलमा समस्या सिर्जना गर्नसक्छ ।

हेड टु हेड
इतिहास हेर्ने हो भने आजको खेल निकै रोमाञ्चक हुनेछ । यी दुई टोलीहरुले अहिलेसम्म एकआपसमा तीन खेल खेलेका छन्, जसमा एक खेल ब्राजिलले जित्दा एक खेल बराबरीमा सकिएको छ भने एक खेल स्विट्जरल्याण्डले जितेको छ । उनीहरुको बीचमा पहिलो भेट सन् १९५० को विश्वकपमा भएको थियो, जसमा उनीहरुले बराबरी खेलेका थिए । उनीहरुको बीचमा पछिल्लो खेल भने सन् २०१३ मा भएको थियो । जसमा एल्भासको आत्मघाती गोलको सहयोगमा स्विट्जरल्याण्ड १–० ले विजयी भएको थियो । सन् २००६ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले २–१ को जित हासिल गरेको थियो ।

प्लेयर्स टु वाच


नेयमार (ब्राजिल)

आजको खेलमा ब्राजिलका अग्रपंक्तिका खेलाडी नेयमार निकै प्रभावशाली हुन सक्छन् । भर्खरै चोटबाट फर्किएका उनको काँधमा ब्राजिललाई उपाधि जिताउने जिम्मेवारी पनि रहेको छ । चार वर्षअधिको बदला लिने लक्ष्यका साथमा ब्राजिल मैदानमा उत्रिँदा उनको भूमिका महत्वपूर्ण हुनेछ ।

छर्दन साकिरि (स्विट्जरल्याण्ड)
बार्यन म्युनिखका पूर्व खेलाडी आजको खेलमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन् । खेलको क्रममा उनको सोच्ने शैलीको कारण पनि उनी आजको खेलमा महत्वपूर्ण खेलाडी बन्न सक्छन् । ब्राजिलको टोलीलाई रोक्नका लागि उनको भूमिका महत्वपूर्ण बन्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ