arrow

विश्वकप फुटबलः कोष्टारीका विरुद्ध सर्बिया विजयी

logo
प्रकाशित २०७५ असार ३ आइतबार
sarbia-vscostarica.jpg

काठमाडौं।  विश्वकप फुटबल प्रतियोगिताको समूह ‘इ’को खेलमा सर्बिया विजयी भएको छ।  सर्बियाले कोष्टारीकालाई १-० गोलले पराजित गर्दै  विजयी भएको हो।

सर्बियाको लागि खेलको  ५६औ मिनेटमा  क्‍याप्टेन एलेक्जेडर कोलारोबले फ्रि किकबाट  गोल गरेका थिए।

समुह 'ई'को पहिलो खेलमा बिजयी हुँदै सर्वियाले तीन अंक प्राप्त गर्दै दोस्रो चरण प्रवेशकालागि आफ्नो ढोका खोलेको छ। 

खेलको ५७औं मिनेटमा एलेक्जेण्डर कोलारोवले फ्रिकिक मार्फत दर्शनिय गोल गरेका थिए। कोलारोवले गरेको गोल 'फ्रि-किक'मा यो विश्वकपको तेस्रो फ्रि-किक मार्फत गरिएको गोल हो। 

कोस्टारिकाले खेलमा ५३% बल आफ्नो नियन्त्रणमा राखेता पनि अंक हासिल गर्न सकेन। यो खेल कोस्टारिका र सर्विया बिचको पहिलो भिडन्त हो। 
 

नेपाली समय ५:४५ बजेबाट सुरु खेलको पहिलो हाफमा कोष्टारीका र सर्बियाको कडा प्रतिष्पर्धा भएपनि कुनै  गोल भने हुन सकेन।

खेलमा सर्बियाका दुई जना र कोष्टारीकाका दुई जानाले पहेलो कार्ड पाएका थिए । खेलमा सर्बियाका ब्रायनस्लाव इवानोभिक र एलेकस्यान्डर प्रिजोभिकले  पहेलो कार्ड पाएका थिए  भने कोष्टारीकाका फ्रान्सिस्को क्यालभो र  जोसियु रिसडन  र डेभीड गजमनले पहेलो कार्ड पाएका थिए । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ