arrow

ब्राजिललाई बराबरीमा रोक्दै स्विजरल्याण्डले अंक बाँड्यो

logo
प्रकाशित २०७५ असार ४ सोमबार
Brazil_Switzerland.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई स्विजरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दै अंक बाँडेको छ। 

विश्वकपको संभावित बिजेताका रुपमा हेरिएको ब्राजिललाइ स्विजरल्याण्डले बराबरीमा रोकेको हो। खेलको २०औं मिनेटमा ब्राजिलका फिलिप कोटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए। 

पहिलो हाफमा पुरै खेल आफ्नो नियन्त्रणमा राकेको ब्राजिलले दोस्रो हाफको सुरुवाती समयमा स्विजरल्याण्डलाई रोक्न सकेको थिएन। खेलको ५०औं मिनेटमा स्विजरल्याण्डका स्टेवेन जुबेरले गोल गर्दै खेल १-१को बराबरीमा पुर्‍याएका थिए। 

यो समुहमा सर्बियाले तीन अंक प्राप्त गर्दै अंक तालिकामा प्रथम स्थानमा रहेको छ भने ब्राजिल र स्विजरल्याण्डको १-१ अमक रहेको छ। कोस्टारिका अंक बिहिन रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ