arrow

विश्वकप फुटबलमा सोमबार हुँदै तीन भिडन्त, अहिलेसम्मको यस्तो छ नतिजा

logo
प्रकाशित २०७५ असार ४ सोमबार
russia-2018.png

काठमाडौं । विश्वकप फुटबलमा पहिलो चरणका खेलहरु सोमबार राति सकिँदैछन् । पहिलो खेलमा समुह एफ बाट साँझ पौने ६ बजे स्वीडेन र दक्षिण कोरिया भिड्दै छन् । 

त्यस्तै समुह जी का खेलमा बेल्जियमले राति ८ः४५ बजे पानामासंग खेल्दैछ भने राति ११ः४५ बजे इंगल्याण्डले ट्युनिसियासंग खेल्नेछ । 

अहिलेसम्म समुह ए मा रुस र उरुग्वे विजयी भएका छन् भने इजिप्टले उरुग्वेसंग र साउदी अरेबियाले रुससंग हार बेहोरेको छ । 

अहिलेसम्म रुसले साउदीलाई ५–० ले हराएको गोल नै सबैभन्दा ठूलो फराकिलो अन्तर हो । 

समुह बी को खेलमा इरानले मोरक्कोलाई १–० ले हरायो भने पोर्चुगल र स्पेनले ३–३ को बराबरी खेले । पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले जारी प्रतियोगितामा पहिलो ह्याट्रिक गरे । 

समुह सी को खेलमा फ्रान्सले अष्ट्रेलियालाई २–१ ले तथा डेनमार्कले पेरुलाई १–० ले हरायो । 

समुह डी को खेलमा क्रोएसियाले नाइजेरियालाई २–० ले हरायो भने अर्जेन्टिना र पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डले १–१ को बराबरी खेले । 

समुह इ को खेलमा सर्बियाले कोस्टारिकालाई १–० ले हरायो भने ब्राजिल र स्वीट्जरल्याण्डले १–१ को बराबरी खेले । 

समुह एफ को खेलमा डिफेन्डिङ च्याम्पियन जर्मनी मेक्सिकोसंग १–० ले पराजित भएको छ । कोरिया र स्वीडेन सोमबार खेल्दैछन् । 

त्यस्तै समुह जीका खेलहरु पनि सोमबार हुँदैछन् । अहिलेसम्म जर्मनी र अर्जेन्टिनाको खेलको परिणामलाई अनपेक्षित भनिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ