- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकप फुटबलको इतिहासमा सबैभन्दा अब्बल मानिएको टिम ब्राजिल ‘रुस विश्वकप’ को पहिलो खेलमा विजयी हुन सकेन । ब्राजिललाई अर्को बलियो टिम स्वीट्जरल्याण्डले १–१ को बराबरीमा रोक्यो ।
खेलमा ब्राजिलले अग्रता लिएर पनि त्यसलाई जोगाइराख्न सकेन । २० मिनेटमा फिलिप्पे कौटिन्होले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । तर ५० मिनेटमा स्टेभेन जुबेरले गोल गर्दै स्वीट्जरल्याण्डलाई बराबरीमा ल्याए ।
आखिर किन राम्रो खेल्न सकेन त ब्राजिल ? यसबारे राष्ट्रिय फुटबल टिमका प्रशिक्षक एवं पूर्व राष्ट्रिय खेलाडी तथा ब्राजिलका समर्थक राजुकाजी शाक्यले हाम्राकुरालाई यसो भने –
‘ब्राजिलले सोचेजस्तो खेलेन । खेल हेर्दा ब्राजिल ओभर कन्फिडेन्स देखिन्थ्यो । टिममा तालमेल पनि देखिएन । पहिलो खेल भएकाले उनीहरुलाई सेट हुन निकै गाह्रो देखिएको थियो । नेयमार त सेल्फिस पो देखियो । आफै मात्र खेलिरहेको थियो । पास दिने भन्दा पनि आफै मात्र गोल गर्न खोज्दा नेयमारको खेल बिग्रिएको थियो ।’