- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सोमबार विश्वकपको समुह एफ को दोस्रो खेलमा एसियाली मुलुक दक्षिण कोरिया र स्वीडेनको प्रतिस्पर्धा हुँदैछ । यो खेलमा स्वीडेन जाल्टन इब्राहिमोभिक विना नै मैदानमा उत्रिँदैछ । स्वीडेनका लागि यो अनौठो कुरा हो । सन् २००६ देखि इब्राहिमोभिक स्वीडेनको टोलीमा थिए तर उनले सन् २०१६को युरोपियन च्याम्पियन्सपछि भने सन्यास लिएका हुन् ।
इब्राहिमोभिकको अनुपस्थितिमा पनि स्वीडेनले निकै राम्रो नतिजा हासिल गरिरहेको छ । स्वीडेनले विश्वकप छनोटको क्रमममा नेदरल्याण्ड्सभन्दा अगाडि रहेको थियो भने प्ले अफको खेलमा भने इटालीलाई पराजित गरेको थियो ।
यो क्रममा उसले फ्रान्सलाई पनि पराजित गरेको थियो । जसको कारण यो विश्वकपमा पनि यो टोलीले उत्कृष्ट प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ ।
स्वीडेनले १२ वर्षपछि विशवकपमा सहभागिता जनाएको हो । यो टोलीले पछिल्लो समय विश्व फुटबलमा आफ्नो बलियो स्थान राख्नका लागि भने असफल रहेको देखिएकोमा यसपटक भने उसले आफ्नो विश्वकपको यात्रा तय गरेको हो ।
दक्षिण कोरिया पनि कमजोर टोली भने होइन । यो टोली सन् २००२ मा विश्वकपको सेमिफाइनलमा पुगेको थियो । सन् २०१० को विशवकपमा अन्तिम १६ मा पनि पुगेको थियो । सन् २०१४ को ब्राजिल विश्वकपमा भने यो टोलीले कुनै पनि जित हासिल नगरी घर फर्किएको थियो ।
यो समुहका अन्य दुई प्रमुख टोलीहरुसँग खेल्न बाँकी रहेकोले दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ । दुवै टोलीका लागि अग्रपंक्तिका खेलाडीहरुको भूमिका महत्वपूर्ण हुनेछ ।
दक्षिण कोरियाको पछिल्लो समयको प्रदर्शन भने केही कमजोर रहेको देखिन्छ । मुलुकले खेलमा त्यति ध्यान दिन नसकेको प्रभाव कोरियाको खेलमा परेको पाइएको हो ।
हेड टु हेड
अहिलेसम्म यी दुई टोलीहरु एकपटक मात्र आमनेसामने भएका छन् । सन् २००५ मा भएको एक मैत्रीपूर्ण खेलमा यी दुई टोलीहरु आमने सामने भएका थिए । उक्त खेल २–२ को बराबरीमा सकिएको थियो ।
प्लेयर्स टु वाच
हवाङ ही–चान (दक्षिण कोरिया)
दक्षिण कोरियाका २२ वर्षीय अग्रपंक्तिका खेलाडी टोलीका महत्वपूर्ण खेलाडी हुन् । उनले टोलीका लागि महत्वपूर्ण योगदान दिँदै आएका छन् । उनले सन् २०१५ मा टोलीमा डेब्यु गरेयता अहिलेसम्म ५६ खेलहरु खेलिसकेका छन् । उचाइमा साना उनी निकै चतुर तथा क्षमतावान् खेलाडीको रुपमा रहेका छन् ।
जोन ग्युडेटी (स्वीडेन)
म्यानचेस्टर सिटीका पूर्व खेलाडीमाथि स्वीडेनको ठुलो अपेक्षा रहेको छ । पछिल्लो सिजनमा उनी राम्रो लयमा देखिएका थिए तर उनको प्रदर्शन त्यसयता भने केही बिग्रिएको छ । हावामा रहेको बललाई नियन्त्रणमा लिएर खेल्ने मामिलामा उनी अगाडि छन् । यद्यपि उनमा केही आत्मविश्वासको कमी देखिन्छ ।