arrow

विश्वकपमा जर्मनीको हारको कारण के हुन सक्छ

logo
प्रकाशित २०७५ असार ४ सोमबार
upendra-man-singh.jpg

काठमाडौं । विश्वकप फुटबलको डिफेन्डिङ च्याम्पियन जर्मनीले रुसमा भइरहेको विश्वकप फुटबलमा जर्मनीले पराजयबाट यात्रा सुरु गरेको छ । 

आइतबार रातिको खेलमा जर्मनीलाई मेक्सिकोले १–० ले हरायो । डिफेन्डिङ च्याम्पियन ३५ औं मिनेटमा गोल खाएपछि अगाडि बढ्नै सकेन । जर्मनीका थोमस मुलर र माट्स ह्युमेल्सले पहेंलो कार्ड खान पुगे । 

किन राम्रो हुन सकेन जर्मनीको खेल ? यसबारे पूर्व राष्ट्रिय खेलाडी एवं हालमा राष्ट्रिय टिमका प्रशिक्षक उपेन्द्रमान सिंह यसो भन्छन् –
जर्मनीले कस्तो खेल्यो ? 
खेल त राम्रो खेलेको हो तर बल बढी मिसिङ भयो । नतिजा राम्रो आउन सकेन । 

हार्नुको कारण चाहीं के त ? 
टिम राम्रोसंग सेट हुन सकेन । राम्रो खेल्दाखेल्दै हार्यो । अब बाँकी खेलहरु राम्रो खेल्ला । अर्को खेलमा टिम सेट हुने देख्न सकिएला भन्ने आशा छ । जर्मनी खेलमा फर्केका उदाहरण बढी नै छन् । यो नै अन्तिम खेल होइन । 

मेक्सिको बलियो देखिएको छ हैन ? 
मेक्सिकोले काउन्टर एट्याक खेल्यो । त्यसमा उसको रणनीति सफल भयो । मेक्सिकोले अन्तिम समयमा डिफेन्सिभ खेल्यो । त्यसमा पनि सफल भयो । बल पोजिसन पासहरु राम्रो थियो । 

मेक्सिको आफ्नो रणनीतिमा सफल भयो हैन ? 
हो । सफल भयो । मेक्सिकोको खेल फास्ट थियो । उसले ४ वटा काउन्टर एट्याक गरेको थियो । एउटा गोलमा परिणत भयो । 

जर्मनीले के सिके होला पाठ ? 
सबैभन्दा ठूलो कुरा त टिम सेट हुनुपर्यो । खेलाडीहरु राम्रा छन् । तर तिनीहरुको बीचमा त्यतिराम्रो तालमेल हुन सकेन । खेल राम्रो खेलेरमात्र पनि पुग्दैन । गोल गर्नुपर्छ । गोल खड्कियो । अबको खेलमा राम्रो खेल्ला । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ