arrow

विश्वकपका लगातार तीन खेलमा ब्राजिल जितविहीन

logo
प्रकाशित २०७५ असार ४ सोमबार
brazil4.jpg

काठमाडौं। आइतबार भएको समुह ई को दोस्रो खेलमा ब्राजिल स्विट्जरल्याण्डसँग बराबरीमा रोकिएको छ। पाँचपटकको विश्वविजेता टोलीले यो खेल सहजै जित्ने अनुमान गरिएको भए पनि स्विट्जरल्याण्डले अनुमान गरिएभन्दा राम्रो प्रदर्शन गरेको हो।

आइतबारको बराबरीसँगै ब्राजिलले विश्वकपका पछिल्ला तीन खेलमा एक खेल पनि जित्न नसकेको खराब इतिहास कायम गरेको छ। ब्राजिल सन् १९७८ पछि पहिलोपटक विश्वकपका लगातार तीन खेलमा जितविहीन बनेको हो। 

रुस विश्वकपको सुरुवाती खेलको २० औं मिनेटमा ब्राजिलले बाउटिन्होको गोलबाट अग्रता लिएको थियो। पहिलो हाफसम्म १–० ले अगाडि रहेको टोलीले दोस्रो हाफको सुरुवाती पाँच मिनेटमै गोल खान पुग्यो। स्विट्जरल्याण्डले ब्राजिलको पोस्टमा धेरै आक्रमण गर्न त सकेन तर पाएको अवसरमा महत्वपूर्ण गोल गरेको हो।

ब्राजिलले खेलको ५५ प्रतिशत समय बल आफ्नो पक्षमा राखेको थियो र केही राम्रो प्रहारहरु पनि गरेको थियो। यद्यपि त्यसलाई गोलमा भने परिणत गर्न सकेन। उसले नौ पटक पोस्टमा आक्रमण गरेपनि एकपटक मात्र गोल गर्न सक्यो। 

स्विट्जरल्याण्डले विश्वकपको सुरुवाती खेलमा पछिल्लो पाँच विश्वकपमा हारको सामना गरेको छैन। उसले दुई खेल जितेको छ भने तीनमा बराबरीको नतिजा निकालेको छ। आइतबारको खेलमा स्विट्जरल्याण्डका खेलाडीहरु रनिङमा अगाडि देखिएको कारण ब्राजिल समस्यामा परेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ