arrow

जर्मनी बिरुद्ध गोल गर्दा मेक्सिकोमा भूकम्प मापन !

logo
प्रकाशित २०७५ असार ४ सोमबार
Mexico_Celebration_Earthqua.jpg

एजेन्सी। विश्वकप फुटबल जारि रहँदा विश्वको ध्यान पुरै फुटबल तिर केन्द्रित रहेको छ। यही समयमा विश्वभरी फुटबलसँग सम्बन्धित अनेक घट्ना घट्ने गरेका छन्। 

मेक्सिकोको राजधानी मेक्सिको सिटीको भूकम्प मापन केन्द्रले मेक्सिकोले जर्मनी बिरुद्ध गोल गर्दा भूकम्प मापन यन्त्रले भुकम्प मापन गरेको जनाएको छ। सानो म्यागनिच्युड मापन गरिएको उक्त भुकम्प मेक्सिकोले जर्मनी बिरुद्ध गोल गर्दा मापन गरिएको जनाईएको छ। 

भुकम्प मापन केनद्रको दुई सेन्सरहरुले उक्त कम्पन मापन गरेको जनाईएको छ। मेक्सिकोले जर्मनी बिरुद्ध गोल गर्दा शहरका सबै मानिस उफ्रिंदा उक्त कम्पन आएको अनुमान गरिएको छ। 

यस विश्वकपमा पेरु छनौंट हुँदा पनि पेरुमा खुशीयाली यस्तो थियो की चिलीको भूकम्प मापन केनद््रले पेरुको राजधानी लिमामा भुकम्प गएको सुचना दिएको थियो। 

यसरी मानिसका उफ्राईले भुकम्प मापन हुनु साधारण नै मानिन्छ । अमेरिकन फुटबलमा सिएटल सिहकहरुको समर्थकले सन् २०११मा पनि खूशियालीमा यस्तो मापन गरिएको थियो। 

बिशेषगरि रक कन्सर्टहरुमा यस्तो भुकम्प मापन गरिने गरिएको छ। 



नयाँ