arrow

बलियो बेल्जियमलाई रोक्ने तयारीमा पानामा

logo
प्रकाशित २०७५ असार ४ सोमबार
belgium_vs_panama.jpg

काठमाडौं । सोमबार बेलुका बेल्जियम र पानामा समुह जी को पहिलो खेलमा बेल्जियम र पानामा आमनेसाने हुँदैछन् । नेपाली समयअनुसार उनीहरुको बीचमा बुलुका पौने नौ बजे खेल हुनेछ ।

पछिल्लो समय बेल्जियमको टोलीले निकै राम्रो प्रदर्शन गर्दै आइरहेको छ । सन् २०१६ यता यो टोलीले केवल एकमात्र खेल हारेको छ । यद्यपि अहिले टोली केही दबाबमा रहेको देखिन्छ । विश्वका उत्कृष्ट क्षमता रहेका खेलाडीहरु भएको टोलीलाई अहिले विश्वकपको उपाधिको दाबेदार टोली मानिएको छ ।

विश्वकपको छनोटको क्रममा पनि उसले निकै राम्रो प्रदर्शन गरेको थियो । उसले छनोटको १० खेलमा सबैभन्दा अगाडि रहँदै २८ अंक हासिल गरेको थियो । रुस विश्वकपको छनोटको क्रममा यो टोलीले ४३ गोल गरिसकेको छ । बेल्जियमको लागि थिबाउट कोर्टिओस र रोमेलु लुकाकुजस्ता खेलाडीहरुको साथले बेल्जियमको टोलीलाई बलियो बनाएको छ । वार्म अपको खेलमा पनि बेल्जियमले अपराजित यात्रा कायम गरेको छ । यस्तो अवस्थामा सोमबारको खेलमा पानामाको लागि बेल्जियम रोक्नु एक चुनौती हुनेछ ।

पानामा यो विश्वकपको लागि सबैभन्दा कमजोर मानिएको टोली हो । यो टोली पहिलो पटक विश्वकपमा छनोट हो । पानामालाई यो स्थानमा ल्याउनका लागि प्रशिक्षक हर्नान गोमेजको ठुलो भूमिका रहेको छ । उनले यसअघि कोलम्बिया र इक्वेडरको टोलीमा पनि प्रशिक्षकको भूमिका निभाएका थिए ।

यो टोली अमेरिकालाई पराजित गर्दै विश्वकपमा छनोट भएको हो । यो टोलीले विश्वकपमा छनोट भएयता आठ मैत्रीपूर्ण खेल खेलेकोमा केवल दुईमा मात्र जित हासिल गरेको छ । यो टोलीका लागि गोल गर्नु निकै ठुलो समस्या रहेको देखिन्छ । पछिल्लो पाँच खेलमा यो टोलीको तर्फबाट केवल एक गोल भएको छ ।

पानामाका रक्षापंक्तिका खेलाडी अल्बर्टो क्विन्टेरो महत्वपूर्ण खेलाडी हुन् । उनको अनुपस्थिति मात्र हुने हो भने यो टोलीले निकै ठुलो हारको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

हेड टु हेड
सोमबारको खेल दुई टोलीहरुको बीचमा हुन लागेको पहिलो खेल हो । सोमबारसम्म यी दुई टोलीहरुले एक अर्काको बीचमा नखेलेको भए पनि तुलनात्मकरुपमा बेल्जियम बलियो अवस्थामा देखिन्छ ।

प्लेयर्स टु वाच
इडन हाजार्ड (बेल्जियम)

गएको सिजन बेल्जियमका खेलाडी हाजार्ड र चेल्सी दुवैका लागि राम्रो रहन सकेन । यद्यपि उनको लागि आफ्नो तय विश्वकपमा फर्काउनका लागि यो एक मौका रहेको छ । सोमबारको खेलमा उनी लयमा फर्किने अनुमान पनि गरिएको छ ।

रोमन टोरेस (पानामा)
पानामाको टोलीका कप्तानसमेत रहेका टोरेस टोलीका महत्वपूर्ण रक्षापंक्तिका खेलाडी हुन् । उनी टोलीका एक निकै अनुभवी तथा क्षमतावान् खेलाडी हुन् । सोमबारको खेलमा बेल्जियमलाई रोक्नका लागि उनको भूमिका निकै महत्वपूर्ण रहने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ