arrow

ट्युनिसिया र इंगल्याण्ड बीच रोमान्चक प्रतिस्पर्धा, दुवैलाई जित्नै पर्ने दबाब

logo
प्रकाशित २०७५ असार ४ सोमबार
england_vs_tunisia.jpg

काठमाडौं । समुह 'जी' को दोस्रो खेलमा सोमबार ट्युनिसिया र इंगल्याण्ड आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार राति पौने १२ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुन गइरहेको हो ।

समुह 'जी' मा माथिल्लो चरणमा पुग्नसक्ने सम्भावना बोकेको टोली हो –ट्युनिसिया । यो टोलीले सन् २००६ मा आफ्नो पहिलो विश्वकप खेलेको थियो । अहिले यो टोली राम्रो लयमा रहेको छ । पछिल्लो खेलहरुमा उसले पोर्चुगल र टर्कीसँग बराबरी खेलेको थियो भने स्पेनसँग १–० गोलको झिनो अन्तरको हारको सामना गरेको थियो । यो समुहमा पानामाले तीनवटै खेलहरु हार्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा ट्युनिसियाले सोमबारको खेलमा अंक जोड्न नसकेको खण्डमा यो टोली बाहिरिने खतरा बढी रहेको छ ।

ट्युनिसियाको लागि इंगल्याण्डसँग खेलिरहँदा गुमाउने केही नहुनु पनि एक फाइदाको कुरा हो । उसले यो खेल जितेको खण्डमा भने माथिल्लो चरणमा प्रवेश गर्ने सम्भावना बलियो हुनेछ । इंगल्याण्डको टोली चार वर्षअघि समुहचरणबाटै घर फर्किएको इतिहास बिर्सन चाहन्छ । त्यसका लागि सोमबारको खेलमा जित हासिल गर्नु निकै जरुरी हुन्छ । इंगल्याण्ड सन् २००२, २००६ को विश्वकपमा क्वार्टर फाइनलमा पुगेको थियो भने २०१० को विश्वकपमा अन्तिम १६ बाट बाहिरिएको थियो । २०१४ मा भने समुहचरणबाटै यो टोली घर फर्कन बाध्य भएको थियो ।

यद्यपि यसपटक भने यो टोली पूर्ण जोस तथा युवा शक्तिको साथमा रुस आइपुगेको छ । साथै यो टोलीले भरपूर तयारी पनि गरिरहेको छ । यसअघिको सिजन सुरु हुनुभन्दा अघि इंगल्याण्डले नाइजेरिया र कोस्टारिकाको विरुद्धमा दुई मैत्रीपूर्ण खेलमा जित हासिल गरेको थियो ।  यसपटकको लागि माथिल्लो चरणमा आफ्नो उपस्थिति बलियो राख्नका लागि सोमबार हुने खेलमा जित हासिल गर्नु महत्वपूर्ण हुनेछ ।
 
हेड टु हेड
इंगल्याण्ढ र ट्युनिसियाको लागि यो केवल तेस्रो अन्तर्राष्ट्रिय भेट हो । सन् १९९० मा भएको मैत्रीपूर्ण खेलमा दुवै टोलीहरुले १–१ को बराबरी खेलेका थिए । सन् १९९८ को जुन महिनामा पनि यी दुई टोलीहरुको भेट भएको थियो सो मैत्रीपूर्ण प्रतियोगिता पनि बराबरीमा सकिएको थियो । त्यसै वर्ष भएको विश्वकपको समुहचरणको खेलमा भने ट्युनिसिया २–० गोल अन्तरले पराजित भएको थियो ।

प्लेयर्स टु वाच
ह्यारी म्याग्वोयर (इंगल्याण्ड)

इंगल्याण्डका लागि ह्यारी म्यावोयर निकै महत्वपूर्ण खेलाडी हुन् । यी युवा खेलाडीमा खेलको दबाबलाई झेल्नसक्ने क्षमता रहेको छ । जसको कारण पनि इंगल्याण्डको टोलीको उनको प्रदर्शन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ । यो टोलीमा अहिले धेरै खेलाडीहरु विश्वकप नखेलेका छन् । यस्तोमा उनको लागि पनि यो पहिलो विश्वकप हो ।

वाबी पाज्री (ट्युनिसिया)
ट्युनिसियाका यी खेलाडीको भूमिका पनि आजको खेलमा निकै महत्वपूर्ण हुनसक्छ । उनले समुहचरणको लागि यो खेल निकै महत्वपूर्ण रहेको बताइसकेका छन् । आफूहरुसँग बलियो टिम रहेकोले सोमबारको खेलमा सकारात्मक नतिजाको आशा गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ