डा उपेन्द्र देवकोटाको निधनमा काँग्रेसले पारित गर्यो शोक प्रस्ताव
प्रकाशित २०७५ असार ४ सोमबार
609
Shares
मकवानपुर। वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको निधनमा काँग्रेसले शोक प्रस्ताव पारित गरेको छ। हेटौंडामा सम्पन्न काँग्रेस बैठकले सुप्रसिद्ध चिकित्सक उपेन्द्र देवकोटाको निधनमा शोक प्रस्ताव पारित गरेको हो। नेपाली कांग्रेसले देवकोटाको निधनले पार्टी परिवारलाई अत्यन्तै दुःखीत तुल्याएको जनाएको छ।
हजारौं जिवन बचाउन सफल डा देवकोटाको असामयिक निधन राष्ट्रको लागि ठुलो क्षतिको घटना भएको उल्देख गर्दै काँग्रेसले चिकित्सा जगतमा दक्षिण एशियाकै लागि अपुरणिय क्षतिको घटना भएको जनाएको छ।
दुर्गम गाउँमा जन्मीएर पनि राष्ट्रका लागि महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वका रुपमा उहाले हासिल गरेको सफलता समस्त नेपालीका लागि प्रेरणाका रुपमा रहि रहने काँग्रेसको विज्ञप्तीमा उल्लेख छ।
काँग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले निकालेको विज्ञप्तीमा काँग्रेसको हेटौडामा सोमबार बसेको केन्द्रीय कार्यसमितिको वैठकले १ मिनेट मौन धारण गर्दै शोक सन्तप्त परीवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको उल्लेख छ।