arrow

कप्तान केनको अन्तिम समयको गोलले ईङल्याण्ड बिजयी

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
England_Tunisia.jpg

काठमाडौं। ईङ्लिश कप्तान ह्यारी केनको २ गोल मदतले ट्युनिसिया २-१ गोलले पराजित भएको छ। केनको ९१औं मिनेटको गोलले ईङल्याण्ड तीन अंक हासिल गर्न सफल भएको हो

खेलको ११औं मिनेटमा ह्यारी केनले गोल गर्दै ईङल्याण्डलाई अग्रता दिलाएका थिए। ट्युनिसियाकालगि पेनाल्टी मार्फत फेर्जानी सासीले गोल गर्दै खेल बराबरमा पुर्‍याएका थिए। 

खेलमा अधिकांश समय नियन्त्रण राखेको ईङल्याण्डले थुप्रै आक्रमण गरेता पनि गोलमा परिणत गर्न सकेको थिएन। ट्युनिसियाका गोलकिपर र रक्षापंक्तिले केही ईङलिस आक्रमणहरु बिफल पारेका थिए भने केही ईङलिश अग्रपंक्तिका खेलाडीहरुले सदुपयोग गर्न सकेका थिएनन्। 

ट्युनिसियाले पनि केही आक्रमणहरु गरेता पनि प्रभावकारी आक्रमणहरु गर्न सकेका थिएनन्। यसअघि सन् १९९८को विश?वकपमा ईङल्याण्ड र ट्युनिसिया भिडेका थिए। उक्त खेल ईङल्याण्डले २-०ले जितेको थियो। 

समुह 'जी' अन्तर्गत बेल्जियम र ईङल्याण्ड १-१ खेलबाट तीन अंक प्राप्त गर्दै क्रमश: पहिलो र दोस्रो स्थानमा रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ