arrow

एसियाली राष्ट्रका खेलाडीलाई विश्वकपमा ‘टर्चर’ !

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
korea3.jpg

काठमाडौं । रुसमा विश्वकप फुटबलको २१ औं संस्करण चलिरहँदा एसियाली राष्ट्रका खेलाडीले ‘टर्चर’ महसुस गर्नुपरेको छ । खेलका क्रममा रेफ्रीले एसियाली टिमलाई हेर्ने नजर नै फरक गर्ने गरेको पाइएको छ । 

एसियाबाट विश्वकपमा भाग लिइरहेका राष्ट्रहरुको पछिल्लो खेल प्रदर्शन र गरिएको व्यवहारले पनि त्यस्तै देखाइरहेको छ । साउदी अरेबिया, अष्ट्रेलिया र दक्षिण कोरियाले खेलेको खेलमा रेफ्रीले केही पक्ष विपक्षी टिमले लिएको विष्लेषकहरुको बुझाइ छ । इरानले मोरक्कोलाई १–० ले हराएको थियो भने बाँकी टिमहरुले हार बेहोरे । जापानले मंगलबार कोलम्बियासंग खेल्दैछ । 

तीन टिमले खेलमा खराव सुरुआत गरेका छन् । ती तीनवटै खराव सुरुआतमा रेफ्रीको भूमिका अहम् देखिएको छ । पहिलो खेलमा आयोजक रुससंग भिडेको साउदीलाई हेर्ने दृष्टिकोण नै फरक भएको भन्दै आलोचना भएको थियो । यो खेलमा रुस ५–० ले विजयी भयो । साउदी खेलाडीले ‘टर्चर’ महसुस गरेका थिए । 

अष्ट्रेलियाले फ्रान्स विरुद्ध खेल्दा पनि रेफ्रीले ‘बेनेफिट डाउट’ फ्रान्सलाई दिएका थिए । दक्षिण कोरिया र स्वीडेनबीचको खेलमा त रेफ्रीले निकै नै ‘टर्चर’ गरे । दक्षिण अफ्रिकी खेलाडीलाई अपराधीकै नजरले हेरेको जस्तो लागेको एक विष्लेषकले सामाजिक संजालमा लेखेका छन् । 

आशंका लागे ‘स्वीफ्ट रिभ्यु’ मार्फत भीएआर गर्न सक्ने व्यवस्थाको प्रयोग गर्दै रेफ्रीले स्वीडेनलाई पेनाल्टी हान्ने अवसर दिए । त्यसमार्फत गोल दिए । कतिपय अवस्थामा रेफ्रीले स्वीडेनका खेलाडीलाई पहेंलो कार्ड दिनै पर्ने थियो । त्यसलाई बेवास्ता गरे । तर दक्षिण कोरियाका खेलाडीलाई खोजीखोजी कार्ड थमाउँथे । 

खेलको सुरुदेखि नै रेफ्री राहु बनेर उभिन्थे अनि कोरियाली खेलाडीहरुलाई धर्म संकटमा पार्दथे । अब जापानको खेल हेर्नुछ । के रेफ्रीले टर्चर दिएकै हुन् त ? यो हेर्ने दृष्टिकोण फरक हो ?
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ