arrow

विश्वकप फुटबलमा मंगलबार तीन खेल, यस्तो छ तालिका

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
russia-2018.png

काठमाडौं । विश्पकप फुटबलमा मंगलबार तीन खेल हुँदैछन् । मंगलबार पहिलो चरणका सबै खेल सकिने छन् र दोस्रो चरणको खेलल पनि सुरु हुनेछ । 

समुह एच को खेलमा कोलम्बियाले जापानसंग खेल्नेछ । यो खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । त्यसैगरी ८ः४५ बजे पोल्याण्डले सेनेगल संग खेल्नेछ । 

यी खेलपछि पहिलो चरणको खेल सकिने छ । मंगलबार राति नै दोस्रो चरणको खेल सुरु हुनेछ । 

दोस्रो चरणको पहिलो खेलमा राति ११ः४५ बजे रुसले इजिप्टसंग खेल्नेछ । पहिलो खेलमा रुसले साउदी अरेबियालाई ५–० ले हराएको थियो भने इजिप्ट उरुग्वेसंग १–० ले पराजित भएको थियो । 

यो खेलमा विजयी हुँदा रुस अर्को चरणमा पुग्ने लगभग पक्का हुनेछ भने हारले इजिप्ट बाहिरिने पक्का जस्तै हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ