arrow

एसियाको ‘पावर हाउस’ जापान के गर्ला विश्वकपमा कोलम्बियासंग 

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
japan-columbia.jpg

काठमाडौं । विश्पकप फुटबलमा मंगलबारको पहिलो खेलमा जापान र कोलम्बियाको बीचमा प्रतिस्पर्धा हुँदैछ । एचको पहिलो खेलमा मंगलबार नेपाली समयअनुसार साँझ पौने छ बजे उनीहरुको बीचमा प्रतिस्पर्धा हुनेछ । यो दुवै टोलीका लागि यो खेल महत्वपूर्ण रहनेछ । 

एसियाली पावर हाउस जापानको टोली यसपटक केही समस्यामा रहेको देखिन्छ । पछिल्लो समय गरेको केही कमजोर प्रदर्शनले रुस विश्वकपमा जापानले धेरै प्रभाव राख्न सकेको छैन । 

एसियामा पनि साउदी अरेबिया, इरानजस्ता मुलुकहरुभन्दा पछाडि रहँदै छनोट भएको यो टोलीले सन् २०१८ मा खेलेको पाँच खेलमा केवल एक खेलमा जित हासिल गरेको थियो भने तीन खेल हारेको थियो । 

तयारीको क्रममा पाराग्वेसँग ४–२ गोल अन्तरको जित हासिल गरेको टोलीले युक्रेन, घाना, स्विट्जरल्याण्डजस्ता मुलुकहरुसँग भने हारको सामना गरेको थियो । 

कोलम्बिया यो विश्वकपको लागि राम्रो तयारीका साथमा रुस पुगेको छ । अघिल्लो विश्वकपको क्वार्टरफाइनलसम्म पुगेको टोलीका जेम्स रोड्रिगेजले गोल्डेन बुट पाएका थिए । यस पटकको विश्वकपमा पनि उनले जादू चल्नसक्ने अपेक्षा गरिएको छ । 

पछिल्लो आठ खेलको कुरा गर्ने हो भने कोलम्बियाको पनि अवस्था राम्रो भने छैन । उसले पछिल्लो आठ खेलमा केवल दुई जित हासिल गरेको छ । यद्यपि जसमा एक खेल फ्रान्सको विरुद्धमा रहेको थियो ।  

हेड टु हेड 
अहिलेसम्म यी दुई टोलीहरुको बीचमा तीनपटक प्रतिस्पर्धा भएको छ । जसमा जापानले एक खेल पनि जित्न सकेको छैन । दुई खेल कोलम्बियाले जित्दा एक खेल बराबरीमा सकिएको थियो । 

प्लेयर्स टु वाच 
जेम्स रोड्रिगेज (कोलम्बिया)

कोलम्बियाका यी खेलाडी मंगलबारको लागि निकै महत्वपूर्ण खेलाडी हुन् । अघिल्लो विश्वकपमा उनले छ गोल गरेका थिए । उनको अद्भूत क्षमताको कारण कोलम्बियाको मिडफिल्ड निकै बलियो अवस्थामा रहेको छ । यसपटकको विश्वकपमा पनि यो समुहबाट माथिल्लो चरणमा जाने टोलीमा कोलम्बियालाई मानिएको छ । जसको मुख्य कारण रोड्रिगेज नै हुन् ।
 
सिन्जी कागावा (जापान) 
जापानको लागि ९२ खेल खेलिसकेका कागावा मंगलबारको खेलमा महत्वपूर्ण खेलाडी बन्न सक्छन् । जापानका अग्रपंक्तिका खेलाडीले पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आइरहेका छन् । साथै यी खेलाडीमा लामो समयको अनुभवसमेत रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ