arrow

पोल्याण्ड र सेनेगल एकअर्कालाई ‘जिल्याउन’ खोज्दै, यस्तो छ इतिहास 

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
poland-senegal.jpg

काठमाडौं । मंगलबार पोल्याण्ड र सेनेगलको बीचमा समुहको पहिलो चरणको अन्तिम खेल हुँदैन । समुह एचमा रहेका यी दुई टोलीहरुको बीचमा नेपाली समयअनुसार राति पौने ९ बजे खेल हुन गइरहेको हो । 

पोल्याण्ड अहिले फिफाको वरीयतामा आठौं स्थानमा रहेको छ । यो टोलीलाई यो समुहबाट माथिल्लो चरणमा जानसक्ने टोलीको रुपमा हेरिएकोछ । यसअघिको विश्वकपमा पोल्याण्डले आफूलाई साबित गरिसकेको छ । 

यस्तो अवस्थामा मंगलबारको खेल उसको लागि महत्वपूर्ण हुनसक्ने देखिन्छ । उसको लागि समुहको कठिन खेल कोलम्बियासँग खेल्नुपर्ने भएको कारण पनि मंगलबारको खेल महत्वपूर्ण हुनसक्ने देखिएको हो । 

यसपटकको विश्वकपको लागि पोल्याण्डले राम्रो तयारी पनि गरिरहेको छ, जसको कारण पोल्याण्डको टोलीले रुस विश्वकपमा केही राम्रो प्रदर्शन गर्नसक्ने अपेक्षा गरिएको छ । 

सेनेगल भने १६ वर्षको अन्तरपछि विश्वकपमा पुगेको टोली हो । पछिल्लो समय यो टोलीले राम्रो प्रदर्शन गर्दै आइरहेको छ । सन् २००२ को विश्वकपमा यो टोली क्वार्टरफाइनलसम्म पुगेको थियो । 

अहिलेसम्म सेनेगलले विश्वकपमा उपस्थिति जनाएको यो पहिलोपटक थियो । सन् २००२ मा सेनेगललाई क्वार्टरफाइनलसम्म पुर्याउने खेलाडी अहिले टोलीका प्रशिक्षक रहेका छन् । 

उनकै प्रशिक्षणको सहयोगमा सेनेगल विश्वकपमा पुगेको हो । सेनेगलको लागि यसपटकको विश्वकपमा पनि पहिलो विश्वकपको इतिहास दोहोर्याउँदै माथिल्लो चरणमा प्रवेशको लागि मंगलबारको खेलमा अंक जोड्नु आवश्यक रहेको देखिन्छ । 

हेड टु हेड 
सेनेगल र पोल्याण्ड यो विश्वकपमा पहिलोपटक प्रतिस्पर्धामा हुन गइरहेको हो । पोल्याण्डले विश्वकपमा अहिलेसम्म कुनै अफ्रिकी विपक्षीसँग हारेको छैन । पोल्याण्डले विश्वकपको सुरुवाती खेलमा सात खेलमा केवल एक जित मात्र हासिल गरेको छ । यस्तोमा मंगलबारको खेल रोमाञ्चक बन्न सक्छ । 

प्लेयर्स टु वाच 
रोबर्टो लेवान्डोस्की (पोल्याण्ड)
९ नम्बरको जर्सीबाट खेल्ने यी बार्यन म्युनिखका खेलाडीको भूमिका आजको खेलमा निकै महत्वपूर्ण हुनसक्छ । यी खेलाडीले पोल्याण्डको लागि युरोपियन छनोटको क्रममा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका थिए । जसको कारण सेनेगलसँगको खेलमा उनले राम्रो प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ । 

स्याडियो माने (सेनेगल)
लिभरपुलका यी खेलाडीको महत्वपूर्ण प्रदर्शनको सहयोगमा लिभरपुल यसपटकको च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । मानेको तीव्र गतिको रनिङ पोल्याण्डको लागि घातक बन्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ