arrow

विश्वकप : जापानले एसियाको ईज्जत जोगायो, कोलम्बिया हार्‍यो

रच्याे इतिहास

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
japan_win.jpg

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलमा जापानले एसियाको इज्जत जोगाएको छ । समूह एच अन्तर्गत भएको खेलमा जापानले कोलम्बियालाई २–१ ले हराउँदै एसियाको इज्जत जोगाएको हो । 

समूह चरणको पहिलो खेलमा एसियाली मुलुक साउदी अरेविया, अष्ट्रेलिया, दक्षिण कोरिया हार्न पुगे । जापानले भने समूहको आफ्नो पहिलो खेलमा दक्षिण अमेरिकी मुलुक कोलम्बियालाई २–१ ले हरायो । 

मोर्दोभिया एरिनामा भएको खेलको ३ मिनेटमै रक्षक कार्लोस सान्चेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भयो ।

त्यसैको फाइदा उठाउँदै जापानका शिन्जि कागावाले सान्चेज बाहिरिएको ३ मिनेट नवित्दै गोल गरिदिए । त्यसपछि आक्रामक भएको कोलम्बियाले पहिलो हाफ अघि ३९औँ मिनेटमा बराबरी गोल फर्कायो । उसका लागि ह्वाँ क्विन्टरोले गोल गरेका हुन् ।  

बराबरी गर्नेवित्तिकै कोलम्बिया फेरि आक्रामक भयो । ७३औँ मिनेटमा जापानका युया ओसाकोले गोल गरिदिएपछि कोलम्बियाको उत्साह स्वाट्टै घट्यो । सुरुवातमै एउटा रक्षक गुमाउनु कोलम्बियाका लागि घातक बन्यो । पछि कोलम्बियाका बाँकी दुई खेलाडीले पनि पहेँलो कार्ड पाए ।

पूरै खेलभरी जापानका जम्मा एक जना खेलाडीले पहेँलो कार्ड पाए । जापान यो जीतसँगै समूहको शीर्ष स्थानमा उक्लिएको छ । यही समूहमा रहेका पोल्याण्ड र सेनेगलबीचको खेल सकिएपछि विश्वकपको पहिलो चरणका खेल सकिने छन् ।   

रच्याे इतिहास

यस्तै,जापानले नयाँ इतिहास बनाएको छ । दक्षिण अमेरिकी देशसँग १७ पटक खेल्दा एक खेल पनि जितेको थिएन । कोलम्बियालाई हराएर उसले हारकाे त्याे यात्रामा पूर्णविराम लगाएको हो । कोलम्बियासँग पनि यसअघि तीन पटक आमुन्ने–सामुन्ने हुँदा एक खेल बरबरी गर्दा दुई खेलमा हार व्यहोरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ