arrow

पोल्याण्ड बिरुद्ध सेनेगल बिजयी

logo
प्रकाशित २०७५ असार ५ मंगलबार
Senegal_football1.jpg

काठमाडौं। अफ्रिकन पावर हाउस सेनेगलले युरोपको राम्रो मानिएको टोली पोल्याण्डलाई २-१ गोलले पराजित गर्दै विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ। 

खेलको अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राखेको भए पनि गोल गर्न नसक्दा पोल्याण्ड पराजित भएको हो। सेनेगलको जितमा पोल्याण्डका थियागो चियोनेकले ३७औं मिनेटमा आत्मघाती गोल गर्दै सेनेगलको अग्रता बनाएका थिए। 

६०औं मिनेटमा एमबाय नियान्गले दोस्रो गोल गर्दै सेनेगललाई २-०को अग्रता दिलाएका थिए। पोल्याण्डका गोलकिपर अगाडि बढेको मौकाको सदुपयोग गर्दै निायन्गले गोल गरेका थिए। 

खेलको ८६औं मिनेटमा ग्रेगोर्ज क्रिचोविकले गोल गर्दै पोल्याण्डलाई खेलमा फर्काउने प्रयास गरेका थिए तर समय अभावले दोस्रो गोलकालागि पोल्याण्ड पराजित भएको हो। सेनेगलले पोल्याण्डको धेरै आक्रमणहरु बिफल तुल्याएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ