arrow

आयोजक रसियाको उच्चस्तरीय प्रदर्शन जारि, ईजिप्ट पराजित

logo
प्रकाशित २०७५ असार ६ बुधबार
Russia_Egypt.jpg

काठमाडौं। आयोजक रसियाले मो. सलाहको ईजिप्टलाइ ३-१ गोलले पराजित गर्दै आफ्नो दोस्रो खेल जितेको छ। यो जितसँगै रसियाले २ खेलमा ६ अंक प्राप्त गर्दै सुखद विश्वकप यात्रा जारि राखेको छ। 

पहिलो खेलमा साउदी अरेबियालाई ५ गोल गरेको रसियाले ईजिप्टलाई ३ गोल गर्दै २ खेलमा आठ गोल गरिसकेको छ। रसियाको विश्वकपमा यो उत्कृष्ट प्रदर्शन हो । 

पहिलो हाफमा गोल रहित स्थितीमा सकिएको खेलमा दोस्रो हाफो सुरुवातमा ईजिप्टका अहमद फातीले ४७औं मिनेटमा आत्मघाति गोल गर्दै रसियालाई १-०को अग्रता दिलाएका थिए। 

त्यसैगरि डेनिस चेरीसेवले ५९औं मिनेटमा दोस्रो गोल गरेका थिए भने आर्तेम ज्युबाले ६२औं मिनेटमा तेस्रो गोल गरका थिए। 

ईजिप्टका स्टार खेलाडी सलाहले ७३औं मिनेटमा पेनाल्टी मार्फत एक मात्र गोल गरेका थिए। प्रतियोगिताको शुरुवा मो. सलाह विश्वकपमा हेर्न पर्ने खेलाडीका रुपमा आएका थिए। विश्वकपमा यो सलाहको पहिलो खेल रहेको छ। 

उरुग्वे बिरुद्धको पहिलो खेल सलाहले घाईते भएका कारणले खेल्न पाएका थिएनन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ