arrow

विश्वकप फुटबलमा बुधबार तीन खेल, यस्तो छ तालिका

logo
प्रकाशित २०७५ असार ६ बुधबार
russia-2018.png

काठमाडौं । रुस विश्वकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । पहिलो खेलमा समुह बी को खेलमा पोर्चुगल र मोरक्को भिड्दै छन् । 

यो खेल साँझ ५ः४५ बजे हुनेछ । पोर्चुगलले पहिलो खेलमा स्पेनसंग बराबरी खेलेको थियो भने मोरक्को इरानसंग पराजित भएको थियो । 

दोस्रो खेलमा समुह ए को उरुग्वे र साउदी अरेबिया खेल्दैछन् । खेल राति ८ः४५ बजे हुँदैछ । पहिलो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले हराएको थियो भने साउदी अरेबिया रुससंग ५–० ले पराजित भएको थियो । 

यो खेलमा विजयी भए उरुग्वे अर्को चरणमा पुग्नेछ । लगातार दुई जितसहित रुस अर्को चरणमा पुग्ने पहिलो टिम बनेको छ । रुसले मंगलबार रातिको खेलमा इजिप्टलाई ३–१ ले हरायो । इजिप्ट बाहिरिने पहिलो टिम बनेको छ । 

बुधबार रातिको अन्तिम खेलमा इरान र स्पेन भिड्दै छन् । समुह बी को यो भिडन्तअघिको खेलमा स्पेनले पोर्चुगलसंग ३–३ को बराबरी खेलेको थियो भने इरानले मोरक्कोलाई हराएको थियो । 

इरान जितले अर्को चरणमा पुग्नेछ भने स्पेन जितले अर्को चरण प्रवेश बलियो पार्नेछ । 

यो समुहबाट पोर्चुगल र स्पेन उपाधि दावेदार मानिन्छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ