arrow

एसियाको पावर हाउस जापानले विश्वकपमा देखाएको खेल र कीर्तिमान

logo
प्रकाशित २०७५ असार ६ बुधबार
japan-excitement.jpg

 काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा जापानले शानदार सुरुआत मात्र गरेको छैन व्यक्तिगत रुपले कीर्तिमान पनि बनाएको छ । 

एसियाको प्रतिष्ठा जोगाउने क्रममा जापानले समूह एच अन्तर्गत मंगलबार भएको खेलमा कोलम्बियालाई २–१ ले हराउँदै कीर्तिमान रच्यो । यो कीर्तिमान भने उसले अहिलेसम्म दक्षिण अमेरिकी देशहरुलाई हराउन सकेको थिएन । 

यसअघि १७ पटक खेल्दा एक खेल पनि नजितेको जापानले कोलम्बियालाई हराएर जितिविहिन यात्रालाई पूर्णविराम लगाइदिएको छ । कोलम्बियासँग पनि यसअघि तीन पटक भिडन्त हुँदा एक खेल बराबरी गर्दा दुई खेलमा हार व्यहोरेको थियो । 

एसियाका साउदी अरेविया, अष्ट्रेलिया र दक्षिण कोरियाले हारबाट रुसको यात्रा अगाडि बढाइरहँदा जापानले सुखद सुरुआत गर्यो । 

खेल पनि जापानले राम्रो खेलेको थियो । ८७ मिनेट १० जनाको भरमा खेलेको कोलम्बियालाई दबाबमा राख्न सफल भयो । तेस्रो मिनेटमै कार्लोस सान्चेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । सान्चेजले डि बक्सभित्रै हातले बल रोकेर तत्काललाई गोल रोके पनि त्यो उनका लागि करियरमै घातक निर्णय ठहरियो । 

पेनाल्टीलाई जापानी शिन्जि कागावाले गोलमा परिणत गरे । केही कमजोर देखिए पनि मनोबलमा उच्च रहेको कोलम्बियाले ३९औँ मिनेटमा बराबरी गोल फर्कायो । हुवाँ क्विन्टरोले बराबरी गोल गरे । 

७३औँ मिनेटमा जापानका युया ओसाकोले गोल गर्दै जापानलाई २–१ ले जिताए । कोलम्बिया दबाबमा आउँदा दुई खेलाडीले पहेँलो कार्ड पाए । फाउल पनि बढी नै गरे । 

१५ फाउल कोलम्बियाबाट हुँदा जापानले ९ फाउल खेलेको थियो । जापानले बललाई ५९ प्रतिशत आफ्नो नियन्त्रणमा राख्दा कोलम्बियाले मात्र ४१ प्रतिशत राखेको थियो । 

जापानले गोलको प्रयास पनि धेरै नै गरेको थियो । जापानले ६ प्रहार गर्दा कोलम्बियाले मात्र ३ प्रहार गर्न सक्यो । 

यो खेल हेर्दा जापान अब अर्को चरणमा त पुग्ने पक्का जस्तै छ त्यो भन्दा पनि आगामी खेल अझ बढी सशक्त खेल्ने देखिन्छ । 

पूरै खेलभरी जापानका जम्मा एक जना खेलाडीले पहेँलो कार्ड पाए । जापान यो जीतसँगै समूहको शीर्ष स्थानमा उक्लिएको छ । यही समूहमा रहेका पोल्याण्ड र सेनेगलबीचको खेल सकिएपछि विश्वकपको पहिलो चरणका खेल सकिने छन् ।  

Yuya Osako celebrates scoring Japan's second goal after 73 minutes, heading home from Keisuke Honda's corner kick

Despite being surrounded by a number of players, Osako managed to twist and send his header beyond David OspinaOspina was helpless to reach the ball as Osako's header flies just inside the post to restore Japan's advantage 

Juan Fernando Quintero drew Colombia level at 1-1 with a clever low free-kick underneath the Japanese wall on 39 minutes

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ