arrow

‘ह्याट्रिक म्यान’ रोनाल्डोको यस्तो योजना, मोरोक्कोलाई रोनाल्डो रोक्ने चुनौती

logo
प्रकाशित २०७५ असार ६ बुधबार
ronaldo-portugal-morocco.jpg

काठमाडौं । रुस विश्वकप फुटबलमा बुधबार समुह बीको पोर्चुगल र मोरोक्कोको बीचमा प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार बुधबार साँझ ५ः४५ बजे सुरु हुनेछ । 

पोर्चुगलको टोली पनि यो विश्वकपको बलियो टोलीमध्येको एक हो । सन् २०१६ को युरो विजेता टोलीले यसपटकको विश्वकपमा राम्रो प्रदर्शन गर्नसक्ने अनुमान गरिएको छ । पहिलो खेलमा स्पेनसँग ३–३ को बराबरी गरेको टोलीका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो ह्याट्रिक पूरा गरेका थिए । 

आफै कप्तान खुलेपछि अरु खेलाडीलाई पनि सजिलो भएको छ । अर्जेन्टिनी प्रतिस्पर्धी लियोनल मेस्सी सुस्ताउँदा रोनाल्डोलाई फेरि पनि फिफा वर्ष खेलाडीको बाटो खुलेको छ । उनी हौसिएका छन् । स्पेनविरुद्ध त ह्याट्रिक गर्न सकियो भने किन मोरोक्कोलाई बाँकी राख्ने भन्ने योजना उनको छ । 

यो टोलीमा केही एक्लै पनि खेल जिताउन सक्ने क्षमताका खेलाडीहरु रहेको कारण पोर्चुगलको यात्रा केही सहज हुनसक्छ । यो टोलीले पछिल्लो २९ खेलमा केवल दुई खेलमात्र हारेको छ । 

जसमा चिलीसँगको कन्फेडेरेसन कपमा बेहोरेको हार पनि सामेल छ । पछिल्लो ११ खेलमा यो टोलीले ३५ गोल गरिसकेको छ । यसले पहिलो खेलमा इरानसँग १–० को हारको सामना गरेको मोरोक्कोलाई समस्यामा पार्न सक्छ । 

विश्वकपमा २० वर्षपछि आएको मोरोक्कोले यो खेलमा सकारात्मक नतिजाको लागि पूर्ण योगदान दिनेछ । मोरोक्कोले यसअघि सन् १९९८ को विश्वकपमा भाग लिएको थियो । उक्त विश्वकपको समुहचरणबाटै यो टोली बाहिरिएको थियो । 

यद्यपि अहिले भने यो टोली पूर्ण आत्मविश्वासको साथमा विश्वकपमा आइपुगेको छ । मोरोक्कोले १८ खेलमा अपराजित रहँदै यो यात्रा तय गरेको हो । 

मोरोक्कोले विश्वकप छनोटको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई प्रमाणित गरिसकेको छ । यो उपस्थिति मोरोक्कोको लागि विश्वकपमा छैटौं उपस्थिति हो । मोरोक्कोले एकपटक मात्र समुह चरण पार गरेको छ । उसले सन् १९८६ मा समुहचरण पार गरेको थियो तर अन्तिम १६ मा जर्मनीसँग पराजित भएको थियो । 

विश्वकपमा छनोट भएको आधारमा भन्ने हो भने मोरोक्कोको रक्षापंक्ति सशक्त छ । उसको रक्षापंक्तिलाई पार गर्नु विपक्षी टोलीको लागि एक चुनौती हुनसक्छ । युभेन्टसका सेन्टरब्याक मेडी बेनाटिया आजको खेलमा इरानको लागि टाउको दुखाइ बन्न सक्छन् । 

विश्वकपका खेलहरुमा भने मोरोक्कोले अहिलेसम्म १३ खेल खेलेको छ जसमा उसले दुई खेलमा जित हासिल गर्दा चार खेल बराबरी गरेको छ । साथै सात खेलमा हारको सामना गरेको छ । 

यद्यपि पछिल्लोसमय मोरोक्कोको टोली राम्रो लयमा देखिएको छ । बुधबारको पोर्चुगल र मोरोक्कोको भेट यी दुई टोलीहरुको लागि अन्तर्राष्ट्रिय स्तरमा दोस्रो भेट हुनेछ । यसअघि सन् १९८६ को विश्वकपमा यी दुई टोलीहरुको बीचमा प्रतिस्पर्धा भएको थियो । सो खेलमा मोरोक्को ३–१ गोल अन्तरले विजयी भएको थियो । 

प्लेयर्स टु वाच 
क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको भूमिका आजको लागि निकैमहत्वपूर्ण हुनेछ । बुधबारको खेलमा सकेसम्म पोर्चुगल ३ अंक हासिल गर्न चाहन्छ । अन्यथा उसको लागि अर्को खेलमा दबाब हुनेछ । उसको लागि टोलीमा स्पष्ट जित दिलाउनको लागि रोनाल्डोको भूमिका महत्वपूर्ण हुनेछ । रोनाल्डोले स्पेनसँगको खेलमा ह्याट्रिक गरेका थिए । 

अजिज बाउहाडोउज (मोरोक्को)
मोरोक्कोका लागि बाहाडाचेउजको भूमिका बुधबारको खेलमा निकै महत्वपूर्ण हुनेछ । बुधबार मोरोक्कोको लागि रोनाल्डो रोक्नसक्ने खेलाडी बोउहाडोउज नै हुन् । पहिलो खेल हारेको कारण मोरोक्को दबाबमा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ