arrow

रुस विश्वकपमा आत्मघाती गोल कीर्तिमान नजिक 

logo
प्रकाशित २०७५ असार ६ बुधबार
suicide-goal.jpg

काठमाडौं । रुस विश्वकपमा आत्मघाती गोलको संख्या कीर्तिमान नजिक पुगेको छ । यो विश्वकपमा धेरै खेलाडीहरुले आत्मघाती गोल गरेका छन् । मंगलबार आयोजकसँगको खेलमा इजिप्टका अहमद फातीले आत्मघाती गोल गरेका छन् । उनको यो आत्मघाती गोलसँगै यो विश्वकपमा पाँच आत्मघाती गोल भएका छन् । 

इजिप्टका ३३ वर्षीय डिफेन्डरको आत्मघाती गोलसँगै इजिप्टले रसियासँगको खेलमा ३–१ गोल अन्तरको पराजयको सामना गरेकोछ । यसपटकको विश्वकपमा पहिलो आत्मघाती गोल मोरोक्कोका अजिज बोउहाडोउजले इरानविरुद्धको खेलमा गरेका थिए । यो आत्मघाती गोलको कारण इरान १–० ले विजयी भएको थियो । 

अष्ट्रेलियाका अजिज माहिन्चले पनि फ्रान्ससँगको खेलमा आत्मघाती गोल गरेका थिए । नाइजेरियाका ओघेनेकारो एटेबोले क्रोएसियाविरुद्ध आत्मघाती गोल गरेका थिए भने त्यसैगरी पोल्याण्डका थिएगो कियोनेकले सेनेगलविरुद्ध आत्मघाती गोल गरेका थिए । 
सन् २०१४ को ब्राजिल विश्वकपमा पनि पाँच आत्मघाती गोल भएका थिए । 

यद्यपि कीर्तिमान भने सन् १९९८ मा बसेको थियो । उक्त विश्वकपमा छ आत्मघाती गोल भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ