arrow

विश्वकप प्रिभ्यु : यस्तो छ स्पेनलाई रोक्ने इरानको तयारी

logo
प्रकाशित २०७५ असार ६ बुधबार
spain-iran.png

काठमाडौं । बुधबार राति पौने १२ बजे स्पेन र इरानको बीचमा प्रतिस्पर्धा हुँदैछ । दुई टोलीको बीचमा हुने यो खेल निकै महत्वपूर्ण हुनेछ । पहिलो खेलमा बराबरीको नतिजा हासिल गरेको कारण स्पेनलाई यो खेल जित्नु महत्वपूर्ण हुनेछ भने इरान पहिलो खेलमा १–० को जित हासिल गरेसँगै बलियो आत्मविश्वासको साथमा मैदानमा उत्रिनेछ ।

स्पेन बुधबारको खेलमा तीन अंक हासिल गर्दै माथिल्लो चरणको लागि बाटो खुला गर्ने दाउमा हुनेछ । बुधबारको खेलमा बराबरीको नतिजाले पनि स्पेनको लागि आगामी बाटो कठिन हुनसक्छ । साथै टोलीका प्रशिक्षक पनि नयाँ रहेको कारण स्पेन केही दबाबमा हुनसक्छ ।

प्राविधिक हिसाबमा भने स्पेन निकै बलियो छ । रियाल मड्रिड र बार्सिलोनाको मिडफिल्डले स्पेनको टोलीलाई थप बल प्रदान गरेको छ । यद्यपि पछिल्लो समय स्पेनको टोली केही कमजोर भने देखिएको छ । सन् २००८ र २०१२ को युरो विजेता टोलीले सन् २०१० को विश्वकप जितेको थियो । यो टोलीको डिफेन्स पनि निकै राम्रो छ । विश्वकपको वार्म अपको खेलमा पनि यो टोलीले निकै राम्रो प्रदर्शन गरेको थियो । साथै विश्वकपअघिका २० खेलहरुमा स्पेनले हारेको छैन ।

त्यसैले टोलीका नयाँ प्रशिक्षकलाई यो विश्वकपमा टोलीलाई आठ वर्षपछि उपाधि जिताउने मौका हुनेछ । यो टोलीको लागि गोलकिपर डेभिड गिया, रामोस, इनिस्टा, सिल्भाजस्ता खेलाडीहरुको साथ निकै महत्वपूर्ण हुनेछ । एसियन राष्ट्र इरानको लागि पनि यो खेल महत्वपूर्ण हुनेछ । इरान इतिहासमा पहिलोपटक लगातार दुई विश्वकपका लागि छानिएको टोली हो । बुधबारको खेलमा कम्तीमा बराबरीको नतिजा निकाल्ने इरानको सोच रणनीति हुनसक्छ । बुधबारको बराबरीले पनि इरानलाई माथिल्लो चरणमा प्रवेशको आश जीवित राख्न सक्छ ।

एसिया छनोटको क्रममा एक खेल पनि नहारिकन यो टोलीले विश्वकपको लागि स्थान बनाएको हो । छनोटमा कुनै पनि खेल नहारेको इरानले छनोटमा १२ खेलमा जित हासिल गरेको थियो भने छ खेल बराबरीमा सकेको थियो । विश्वकपको पहिलो खेलमा पनि उनले मोरोक्कोलाई पाखा लगाइसकेको छ ।

म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका क्वेरोजका साथै अलिरेजा जहानबाख्सजस्ता खेलाडीहरुमा इरानको टोली निर्भर हुनेछ । यी खेलाडीहरुले इरानको लागि निकै राम्रो प्रदर्शन गरिरहेका छन् । यद्यपि मोरोक्कोसँगको जित इरानको लागि विश्वकपमा केवल दोस्रो जित हो । यो नतिजाले भने इरानलाई स्पेनजस्तो टोलीलाई रोक्नु ठुलै चुनौती हुनसक्ने देखिन्छ ।

२० वर्षअघि इरानले विश्वकपमा अमेरिकालाई पराजित गरेको थियो । चार वर्षअघि भएको अर्जेन्टिनासँगको खेलमा पनि इरानले निकै राम्रो प्रदर्शन गरेको थियो । अर्जेन्टिनाका लियोनेल मेस्सीले इन्जुरी समयमा गोल गर्दै अर्जेन्टिनालाई कठिन जित दिलाएका थिए ।

हेड टु हेड
यी दुई टोलीहरु अहिलेसम्म आमनेसामने भएका छैनन् । उनीहरुको लागि बुधबारको खेल एकअर्काको विरुद्धमा पहिलो खेल हुनेछ ।

प्लेयर्स टु वाच
सार्डर अज्मोउन (इरान)

इरानको टोलीका यी खेलाडीको प्रदर्शन लोभलाग्दो छ । मोरोक्कोको विरुद्ध पनि उनले राम्रो प्रदर्शन गरेका थिए । स्पेनलाई साँच्चै चुनौती दिने हो भने इरानका यी खेलाडीले महत्वपूर्ण भूमिका निभाउनुपर्ने हुन्छ ।

इस्को (स्पेन)
डिएगो कोस्टा स्पेनको लागि सबैभन्दा राम्रा खेलाडी हुन् तर इरानको खेल्ने शैली पोर्चुगलको भन्दा केही फरक हुनेछ । उसले रक्षापंक्तिमा बढी जोड दिनेछ । यस्तो अवस्थामा इरानको रक्षापंक्तिलाई तोड्नका लागि इस्कोको भूमिका महत्वपूर्ण हुनेछ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ