arrow

विश्वकप : मोरक्कोलाई हराए रोनाल्डोले

गाेल संख्या गाेल्डेन बुटतिर

logo
प्रकाशित २०७५ असार ६ बुधबार
ronaldo21.jpg

काठमाडौं । मोरक्कोलाई हराउँदै विश्वकपको उपाधि दावेदार पोर्चुगलले अघिल्लो चरणको यात्रा बलियो बनाएको छ । विश्वकप  उद्घाटन भएको लुझ्निकी रंगशालमा भएको दोस्रो चरणको खेलमा पोर्चुगलले मोरक्कोलाई १–० ले हरायो ।

पोर्चुगललाई जिताउन अग्रपंक्तिका खेलाडी क्रिश्चियानो रोनाल्डोले ४ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । समूहको पहिलो खेलमा रोनाल्डोकै ह्याट्रिकले हार टरेको थियो । अर्को दाबेदार स्पेनविरुद्ध उनले ह्याट्रिक गरेका हुन् । योसँगै उनले २१औँ संस्करणको विश्वकपमा व्यक्तिगत गोल संख्या चार पुर्‍याएका छन् । उनकाे गाेल संख्या गाेल्डेन बुटतिर अघि बढेकाे छ ।  

बढी समय बल मोरक्कोकै कब्जामा रहेपनि गोल गर्न सकेन । पोर्चुगल ४–४–२ को रणनीतिमा मैदान उत्रिएको थियो । अग्रपंक्तिमा रोनाल्डो र गोंकालो थिए । मोरक्कोले ४–२–३–१ को रणनीति अपनायो । यो जितसँगै समूह बी’मा पोर्चुगलको ४ अंक भएको छ । यस्तै, इरानको ३ अंक छ भने, पहिलो खेलमा पोर्चुगललाई रोकेको स्पेनको १ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ