arrow

उरुग्वे र रसिया 'राउण्ड अफ सिक्सटिन'मा प्रवेश

logo
प्रकाशित २०७५ असार ६ बुधबार
Uruguay_Saudiarabia.jpg

काठमाडौं। रसियामा जारि विश्वकप फुटबलको समुह एको दोस्रो खेलमा उरुग्वेले साउदी अरेबियालाई १-० गोलले पराजित गर्दै दोस्रो चरणको बाटो तय गरेको छ। 

खेलको २३औं मिनेटमा लुईस स्वारेजले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए। उक्त गोल नै निर्णायक भएको थियो। 

यो बिजयसँगै उरुग्वे र आयोजक रसिया दोस्रो चरणमा पुग्ने निश्चित भएको छ। रसिया र उरुग्वेले दुई खेलबाट ६-६ अंक प्राप्त गर्दै दोस्रो चरणको प्रवेश निश्चित भएको हो। 

समुह बिजेता र उपबिजेताको निर्णय भने रसिया र उरुग्वेको खेलको नतिजाले निश्चित गर्नेछ।

दुई बिचको खेलमा एक बिजयी भएमा बिजयी टोली समुहमा प्रथम हुनेछ भने खेल बराबरीमा सकिएमा गोल-फरकको आधारमा रसिया समुह बिजेता हुनेछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ