arrow

 ‘लक्की’ रोनाल्डो ! 

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
ronaldo-lucky.jpg

काठमाडौं । रुसमा भइरहेको २१ औं संस्करणको विश्वकप फुटबलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोको खेलको विषयमा लिएर सबैभन्दा बढी चर्चा भइरहेको छ । 

गोल्डेन बुटका प्रमुख दावेदार रोनाल्डोले दुई खेलमा चार गोल गरिसकेका छन् । स्पेन विरुद्ध ह्याट्रिक र मोरक्को विरुद्ध एक गोल गरिसकेका रोनाल्डोको टिम राउन्ड अफ सिक्सटिनका लागि आतुर रहेको छ । 

तर समूहको अन्तिम खेलबाटै यसको टुंगो लाग्नेछ । दुई खेलबाट ४–४ अंकका पोर्चुगल र स्पेन शीर्ष दुईमा छन् । इरानको ३ अंक छ भने अंकविहिन मोरोक्को बाहिरिइसकेको छ । 

अन्तिम खेलमा पोर्चुगलले इरानसंग र स्पेनले मोरोक्कोसंग खेल्नेछ । रोनाल्डोले जसरी अहिले खेलेका छन् उनको खेललाई भने राम्रो भन्दा पनि लक्की खेलाडीका रुपमा लिइएको छ । 

स्पेनविरुद्ध खेल्दा पोर्चुगलले राम्रो खेल पस्केको थिएन । स्पेनको प्रशंसा भएको थियो । तर लक्की सावित भए रोनाल्डो । तीन गोल गरे । 

मोरोक्को विरुद्धको खेलमा पनि न त पोर्चुगलले राम्रो खेल्यो न त रोनाल्डोले । तर चौथो मिनेटमै गोल गर्दै पोर्चुगलले खेल १–० ले जित्यो । 

मोरोक्कोले गोलका लागि थुप्रै प्रयास गर्यो । ४ वटा गोलका लागि प्रहार गरेको थियो । तर फिनिसिङ हुन नसक्दा अल्मलियो । 

मोरोक्कोले खेल अवधिमा पोर्चुगललाई पेलेको थियो । रोनाल्डो कप्तान भइकन पनि रणनीति बदल्न सकेनन् । 

‘फेयर प्ले’ भने पनि पोर्चुगलले १९ फाउल गरेको थियो । त्यस्तै मोरोक्कोले २३ फाउल गर्यो । एकै खेलमा ४२ फाउल ? फेयर प्ले खेल्न पोर्चुगलले नसके पनि के रोनाल्डो लक्की सावित हुँदै गोल्डेन बुट जितका लागि आतुर देखिएका हुन् त ? 

अहिलेसम्म रोनाल्डोलाई काउन्टर दिन रुसका डेनिस जाजिन्स्किी आएका छन् । उनले ३ गोल गरेका छन् । 

Cristiano Ronaldo runs away in celebration after his header gave Portugal a fourth-minute lead against Morocco in Moscow

Ronaldo soaks up the acclaim of the Luzhniki Stadium crowd as he performs his pirouette celebration near the corner flag

Ronaldo stole ahead of his marker Karim El Ahmadi to head home Portugal's opening goal in the fourth minute in Moscow 

Morocco goalkeeper Munir Mohamedi was left with no chance as Ronaldo's bullet diving header ripped past him

The Portugal players celebrate with Ronaldo after he opened the scoring early on against Morocco

Ronaldo attempts another shot during the first half as he tries to strengthen his case for the World Cup Golden Boot



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ