arrow

विश्वकप प्रिभ्युः अष्ट्रेलिया भर्सेस डेनमार्क, इतिहासले दिएन डेनमार्कलाई लगातार दुई जित  

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
denmark-australia.jpg

काठमाडौं । रुसमा भइरहेको विश्वकप फुटबलमा बिहिबार  समुह सी का दुई टोलीहरु अष्ट्रेलिया र डेनमार्कको बीचमा प्रतिस्पर्धा हुँदैछ । फ्रान्ससँग २–१ गोल अन्तरले हारेको अष्ट्रेलिया र पेरुलाई १–० गोलले जितेको डेनमार्कको बीचमा निकै रोचक प्रतिस्पर्धा हुने देखिन्छ । 

यसले फिफाको २६ औं स्थानमा रहेको अष्ट्रेलियाको लागि समस्या सिर्जना गर्नसक्ने देखिन्छ । अष्ट्रेलियाले सन् २००२ को विश्वकपयता यो प्रतियोगिताको सुरुवाती खेलमा कुनै गोल गर्न नसकेकोमा यसपटक भने उसले कीर्तिमान राखेको छ तर सुरुवाती खेलमा हार भने टार्न सकेन । 

विश्वकप छनोटको क्रममा साउदी अरेबिया भन्दा पछाडि रहँदै रुस विश्वकपको लागि छनोट भएको टोलीका लागि बिहिबारको खेल चुनौतीपूर्ण हुनेछ । यस महिना भएका दुई खेलमा छ गोल गरेको टोलीले चेक गणतन्त्र र हंगेरीलाई हराएको थियो । 

अष्ट्रेलियाका लागि अहिले नेदरल्याण्ड्सलाई सन् २०१० मा विश्वकपको फाइनलमा पुर्याउने प्रशिक्षक रहेको कारण पनि केही सहज अवस्था रहेको छ ।

आफ्नो पहिलो खेल जितेको डेनमार्कका लागि भने प्रतिस्पर्धा केही दबाबरहित हुनेछ । खेलमा जित हासिल गर्दै आफ्नो माथिल्लो चरणको यात्रा करिब निश्चित बनाउने योजनामा डेनमार्क मैदानमा उत्रिनेछ । 

डेनमार्क पछिल्लो समय राम्रो लयमा रहेको छ । डेनमार्कले सन् १९८६ यता विश्वकपमा लगातार दुई खेलमा जित हासिल गरेको छैन । यस्तोमा अष्ट्रेलियासँग जित हासिल गरेको खण्डमा डेनमार्कले नयाँ इतिहास बनाउने छ भने अष्ट्रेलियाको माथिल्लो चरणमा पुग्ने आशा लभभग सकिनेछ । 

हेड टु हेड 
विहीबारको खेल यी दुई टोलीका लागि चौथो भेट हो । विश्वकपमा भने यो उनीहरुको पहिलो भेट हो । यसअघि उनीहरुको बीचमा भएको तीन मैत्रीपूर्ण खेलमा दुईमा डेनमार्क विजयी भएको थियो भने एकमा अष्ट्रेलियाले बाजी मारेको थियो । 

प्लेयर्स टु वाच 
युसुफ पाउल्सन (डेनमार्क)

डेनमार्कको लागि युसुफ पाउल्सनको भूमिका अष्ट्रेलियाको खेलमा महत्वपूर्ण हुनसक्छ । उनले पेरुसँगको खेलमा आफ्नो क्षमता देखाइसकेका छन् । यस्तो अवस्थामा अष्ट्रेलियासँग अंक खोस्नका लागि उनले विहीबारको खेलमा महत्वपूर्ण प्रदर्शन गर्नसक्छन् । 

माथ्यु लेक्की (अष्ट्रेलिया)
पछिल्लो समय अष्ट्रेलिया लगाताररुपमा गोल गर्न नसकेको आलोचना खेप्दै आएको छ । यद्यपि फ्रान्सको खेलमा राम्रो प्रदर्शन गरेको टोलीका लागि बिहिबारको खेलमा डेनमार्कसँग महत्वपूर्ण भूमिका गर्नसक्ने खेलाडी म्याथ्यु लेक्की हुन् । उनी निकै तीव्र र क्षमतावान् खेलाडी रहेकोले उनीमा धेरैको आँखा हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ