सिन्डिकेट तोडिएपछि थपियो यातायात, मार्तडीदेखि धनगढीसम्म दिवा सेवा सरर !
रमित बिक
प्रकाशित २०७५ असार ७ बिहिबार
315
Shares
बाजुरा । मालिका यातायात व्यवसायी संघले असार ८ गतेदेखि दिवा सेवा सञ्चालन गर्ने भएको छ । मार्तडीदेखि धनगढीसम्म प्रत्येक दिनको विहान ६ बजे बस छुट्ने गरी दिवा सेवा सञ्चालन गर्न लागेको छ ।
मार्तडीबाट प्रत्येक दिनको २ बजे रात्री सेवा सञ्चलन गरिरहेको मालिका यातायात व्यवसायी समितिले पहिलो पटक दिवा सेवा सञ्चालन गर्न लागेको मार्तडी काउन्टर इन्चार्ज डेनिश शाहीले बताएका छन् ।
हाल वैजनाथ यातायात समितिले मार्तडीदेखि काठमाडौंका लागि दिवा सेवा सञ्चालन गरिरहेको छ । विहान हिँडेर बेलुका धनगढी पुग्ने सेवाग्राही यात्रुहरुलाई लक्षित गरी सेवा सञ्चालन गर्न लागिएको हो ।
सुविधायुक्त बस सञ्चालन गरेपछि यात्रुहरुको रोजाइमा परेको मालिका यातायातलले दिवा सेवा सञ्चालन गर्दा थप यात्रु पाउने विश्वास लिएको छ ।
जिल्लामा मालिका, सुदुरपश्चिम, महाकाली, बैजनाथ, कर्णाली, पवनदुत, महाकाली डिलक्स र भेरी यातायातका बसहरु सञ्चालन गरिएका छन् ।