arrow

फ्रान्सको ‘युथ फोर्स’ लाई रोक्ने तागत बटुल्न पेरुलाई सकस 

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
france-peru.jpg

काठमाडौं । बिहिबार विश्वकप फुटबलको समुह सी अन्तर्गत फ्रान्स र पेरुको खेल हुँदैछ । नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने यो खेल फ्रान्सको लागि निकै महत्वपूर्ण हुनेछ भने पहिलो खेलमा हारको सामना गरेको पेरु भने यो खेलमा हार बेहोरेको खण्डमा प्रतियोगिताबाट बाहिरिने छ । 

यसपटकको विश्वकपको लागि फ्रान्स उपाधि दाबेदारमध्येको एक हो । युवा खेलाडीहरुले भरिएको यो टोलीलाई हराउनु कुनै पनि मुलुकको लागि चुनौती हो । पहिलो खेलमा अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजित गरेको यो टोली यो समुहमा सबैभन्दा बलियो मानिएको टोली हो । सन् २०१६ को फाइनलमा पुगेर पनि आफ्नो घरेलु भूमिमा उपाधि हासिल गर्न नसकेको भन्दै यो टोलीको विषयमा प्रश्न उठेको थियो । 

फ्रान्सले विश्वकप छनोटको क्रममा सबै प्रश्नहरुको उत्तर दिने प्रयास गरेको थियो । छनोटको क्रममा फ्रान्सले आफ्नो पछिल्लो खेलमा केवल एक खेल हारेको थियो । 

यो क्रममा उसले १३ गोल पनि गरेको थियो । फ्रान्सको लागि पछिल्लो समय गोलको कुनै समस्या नरहेको देखिन्छ । पछिल्लो आठ खेलमा यो टोलीले १७ गोल गरिसकेको छ । यो टोलीका लागि एन्टोनी ग्रिजम्यान र कायलमि एमबाप्पेजस्ता खेलाडीहरु निकै महत्वपूर्ण हुनेछ । 

समुह सीमा रहेको फ्रान्सलाई यो समुहको विजेताको रुपमा हेरिएको छ । यस्तोमा विपक्षी टोलीलाई यो खेलमा फ्रान्सलाई रोक्नु एक चुनौती हुनेछ । पेरुको टोली अष्ट्रेलियाभन्दा केही भाग्यशाली रहेको छ । 

उसले आफ्नो पहिलो खेलमा केवल एक गोलमात्र खाएको भए पनि केही राम्रा प्रहार पनि गरेको थियो । पछिल्लो पाँच खेलमा विश्वकपमा पेरुले अहिलेसम्म एक जित पनि हासिल गर्न सकेको छैन । जसमा तीन हार र दुई बराबरी रहेका छन् । 

हेड टु हेड 
अहिलेसम्म यी दुई टोलीको बीचमा एकपटक मात्र प्रतिस्पर्धा भएको छ । जसमा सन् १९८२ मा पेरिसमा भएको मैत्रीपूर्ण खेल रहेको थियो । उक्त मैत्रीपूर्ण खेलमा पेरुले १–० को जित हासिल गरेको थियो । 

प्लेयर्स टु वाच 
कायलिन एम्बाप्पे (फ्रान्स)

पीएसजीबाट खेल्ने यी खेलाडीमा अदुभूत फुटबलको कौशल छ । उनी अष्ट्रेलियाको खेलमा शान्त देखिएका थिए । यद्यपि विहीबारको खेलमा भने उनले केही चमत्कार देखाउनसक्ने अनुमान गरिएको छ । फ्रान्सको टोलीमा सबै खेलाडीहरु अब्बल रहेको कारण उनले आक्रमणको बढी अवसर पाउन सक्छन् । 

पाओलो ग्युरेरो (पेरु)
पेरुका यी खेलाडी डेनमार्कविरुद्धका खेलमा बेन्चमा बसेका थिए । डपिङ प्रतिबन्धमा परेका यी खेलाडीको प्रदर्शन जो कोहीलाई पनि अचम्ममा पार्ने किसिमको छ । यी खेलाडी पेरुको लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । फ्रान्ससँगको खेलमा उनले खेल्ने अपेक्षा गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ