arrow

पानामा पेपर्सको नयाँ विवरणमा मुछिए मेस्सी

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
liyonal-messi-injured1.jpeg

एजेन्सी। खोज–पत्रकारहरुको अन्तर्राष्ट्रिय समूह (आईसीआईजे)ले अवैध धन लुकाउने विश्वका मानिसहरुको अर्को विवरण सार्ववजनिक गरेकोछ। सन् २०१६ मा सार्वजनिक भएको विवरणपछि पनामा पेपर्सले खेलाडीदेखि नेतासम्मको विवरण सार्वजनिक गरेको हो। बुधबार सार्वजनिक गरिएको विवरणमा चर्चित फुटबलर लियोनेल मेस्सी पनि मुछिएका छन्।

मोसेक फोन्से नामक ल फर्मबाट प्राप्त विवरणअनुसार आईसीआईजेले सार्वजनिक गरेको विवरणमा अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो मार्सी र कुवेतका उच्चपदस्थ अधिकारीलगायत अवैध सम्पत्ति सञ्चय र करछली प्रकरणमा जोडिएका छन्। करछली गर्न सुरक्षित मुलुक मानिने पनामामा लियोनल मेस्सी र उनका पिताले ‘मेघा स्टार इन्टरप्राइजेज’ नामक गोप्य कम्पनीमार्फत कारोबार गरेर कर छलेको भेटिएको छ। यसअघिको विवरणमा पनि लियोनेल मेस्सीले कर लुकाउनको लागि पानामाका अफसोर कम्पनीहरुमा लगानी गरेको उल्लेख गरिएको थियो।  मेस्सीको नाम पहिलो पनामा पेपर्समासमेत सार्वजनिक भएको थियो। त्यतिबेला उनले मेघा स्टार इन्टरप्राइजेज ‘पूरै निष्क्रिय’ रहेको दाबी गरेका थिए।

तर, कम्पनी सक्रिय राखेर फेरि करछली गरेको थप विवरण बुधबार सार्वजनिक भएको हो। करछलीको अघिल्लो खुलासा सार्वजनिक भएपछि मेस्सीलाई स्पेनको अदालतले २१ महिना जेल सजाय र २२ लाख अमेरिकी डलर जरिवाना गर्ने सजाय सुनाएको थियो। तर, स्पेनको कानूनअनुसार २ वर्षभन्दा कम सजाय भएको कसुरमा फुटबल खेलाडीले जेल बस्नु नपर्ने व्यवस्थाका कारण उनले उन्मुक्ति पाएका थिए। 

यस्तै, पनामा पेपर्सको नयाँ विवरणले ले अर्जेन्टिनाका राष्ट्रपति मउरिसियो म्यार्की आफ्नो स्वामित्वमा रहेको बाहमासस्थित ‘फ्लेग ट्रेडिङ कम्पनी’ स्थापना भएको मिति परिवर्तन गरेर चोखिन खोजेको पनामास्थित मोसेक फोन्सेकाको केन्द्रीय कार्यालय र उरुग्वेस्थित शाखाबीच सन् २०१६ सेप्टेम्बर र अक्टोबरमा भएको इमेल कुराकानीले पुष्टि गरेको आइसीआइजेले जनाएको छ।

बाहमासमा रहेको ‘फ्लेग ट्रेडिङ्ग कम्पनी’ र पनामाको मोसेक फोन्सेकाबीच सम्बन्ध भएको तथ्य लुकाउन पहिल्यैको मिति राखेर कागजात बनाउने मोसेक फोन्सेका कम्पनीका कर्मचारीले प्रयास गरेका थिए। पनामा पेपर्स–२ ले मलेसिया, कुवेत र रूसका राजनीतिज्ञको नामसमेत सार्वजनिक गरेको छ। 

विवरणअनुसार मलेसियाका पूर्व प्रधानमन्त्री नजिब रजाकका भाइ मोहम्मद निजाम विन अब्दुल रजाकले ब्रिटिस भर्जिन आइल्यान्डस्मा कम्पनी दर्ता गरेका थिए। मलेसियन पूर्व प्रधानमन्त्री माथि यसअघि मलेसियन कोषको हिनामिना गरेको आरोप लाग्दै आएकोमा आईसीआईजेको नयाँ विवरणमा उनी मुछिएका हुन्। इभर ब्राइट यूनिभर्सल होल्डिङस् लिमिटेड कम्पनीको नाममा अमेरिकामा समेत उनको सम्पत्ति छ। २०१७ मेमा भएको संसदीय निर्वाचनबाट सत्ताच्यूत भएका रजाकले आफ्नो कार्यकालमा राज्यको लगानी कोषबाट अर्बौ डलर  हिनामिना गरेका थिए।

रूसका धनाढ्य तथा राजनीतिकर्मी विटाली मल्किनले पनि स्रोत नखुलेको अर्बौं डलर विदेशमा लगानी गरेको भेटिएको छ। काजकिस्तानका राष्ट्रपति नरसुल्तान नजरबयभकी छोरी डरिगा नजरबयभले पनि ब्रिटिस भर्जिन आइल्यान्डसस्थत कम्पनीमा लगानी गरेको विवरणमा देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ