arrow

विश्वकपले सुके दोहोरी साँझ, फुटबल हेराउँदा पनि छिर्दै छिर्दैनन् मान्छे 

फुटबल हेरेर बस्छन् स्टाफ

logo
यमुना भण्डारी,
प्रकाशित २०७५ असार ७ बिहिबार
dohori_sajh.png

काठमाडौं। २१औँ संस्करणको विश्वकप फुटबल सुरु भएको एक साता वित्यो । विश्व फुटबलमय भएको छ। त्यसको प्रभाव नेपालमा पनि परेको छ। विश्वकपले खेलप्रेमी वा फुटबल समर्थकलाई मात्रै छोएको छैन । विश्व बजारमा हलचल समेत ल्याएको छ । नेपाली बजारपनि अहिले व्यस्त भएको छ। 

विश्वकप सुरुभएसँगै टेलिभिजन सेट र ईन्टरनेट सम्बन्धि सामानको विक्रि बढ्ने नै भयो। त्यस्तै, उपभोग्य वस्तुको पनि किनमेल बढेको छ । विश्वकप हेर्दै रमाईलो गर्ने फुटबल समर्थकका कारण मदिराजन्य वस्तुको किनमेल समेत बढेको छ। त्यति मात्रै होईन, घर बाहिर रेष्टुरेन्टमा बसेर फुटबल हेर्नेहरुले पनि बजार व्यस्त बनाईदिएका छन् । रेष्टुरेन्ट र क्लबहरु भरीभराउ भएपनि सँधै झै भरीने दोहोरी साँझहरु पनि सुकेका छन्। 

एक महिनासम्म व्यापार चौपट हुने भएपछि उनीहरु निकै चिन्तित भएका छन्। यति सम्म कि झिँगा धपाएर बस्नु परिरहेको छ। काठमाडौंमा सबैभन्दा व्यस्त हुने ठाउँ हो, दरबारमार्ग । दरबारमार्गमै रहेका दोहोरी साँझ भने अहिले रित्ता देखिन्छन्। दरबारमार्गमा रहेको जुनकीरी दोहोरी साँझले अन्य रेष्टुरेन्ट जस्तै ठूलो पर्दामा फुटबल हेर्ने व्यवस्था समेत गरिदिएको छ।

तर, पनि टेबुल भरिँदैनन्। मुस्किलले दुई तीन वटा टेबुल भरिन्छन्, जुनकीरी दोहोरी साँझका सञ्चालक राम थापा भन्छन्, ‘सुक्का लागेको छ। विश्वकपले हामी त चौपट भयौँ।’ यो दोहोरी साँझ चलाएको ६ वर्ष भयो, उनल अगाडि भने, ‘विश्वकप सुरु हुनु अघि दैनिक एक लाख कमाई हुन्थ्यो। अहिले मुस्किलले चार–पाँच हजार हुन्छ ।’ पहिले केही भएन छ भनेपनि ३०–४० हजार जम्मा हुन्थ्यो। 

उनी भन्छन्, ‘अहिले रेष्टुरेन्टले कमाईरहेका छन् । हाम्रो पालो अर्को महिना आउला नि। तर, घाटा उठाउन समय लाग्छ होला।’ अहिले रेष्टुरेन्ट र चोकतिरै भिडभाड हुन्छ। उनका अनुसार गजल र सानातिना दोहोरी त ढ्याप्प ताला लागेका छन्। सबै दोहोरीको हालत खराब भएको छ। 

दोहोरीमा काम गर्नेको के छ हालचाल ? 
सन्तोसी संगम जनुकीरीमा गाउँछिन्। उनी गायिका हुन्। काम गरेको पाँच वर्ष भयो। उनली भन्छिन्, ‘विश्वकप चलेपछि मान्छे नै आउन छोडे। आइहाले भने पनि दुई तीन टेबुलमा मात्रै हुन्छन्।’

यसअघि पनि विश्वकप भएको थियो। त्यतिबेला मलाई त्यति धेरै थाहा थिएन। चोक चोकमा हल्ला हुन्थ्यो उनले भनिन्, ‘त्यतिबेला मान्छे किन आएनन् भन्ने थाहा हुँदैन थियो। अहिले त आफै भोगियो।’ अहिले बाजी लगाउनमै व्यस्त हुँदा रहेछन् मान्छेहरु। उनले कुरा खोलिन्, ‘हिजो दोहोरीमा आउने दाईले बाजीमा दुई लाख ८० हजार हारेको सुनाउँदै हुनुहुन्थ्यो। सुरुमा ५० हजार जित्नु भो रे, पछि हार्नु भो।’ 

उनले आफुहरुको गर्जो नै नटर्ने अवस्था आइसकेको बताईन्। पहिले हामी स्टेजमा २०–२१ जना थियौँ। अहिले जम्मा ९–१० जना छौँ, उनले भनिन्। उनले अर्को मर्का पनि सुनाईन्, ‘पहिले केही भएन भनेपनि ८ सय सम्म टिप्स पर्थो। मान्छेहरु चलेको दिन २२–२३ सय पनि हुन्थ्यो। अहिले दुई तीन दिनमा जम्मा २ सय हुन्छ।’ पहिले दोहोरी १ बजेसम्म खुल्थ्यो। हिजो आज ११ बजे नै बन्द हुन्छ । तर, रमाईलो के छ, भने दोहोरी साँझ बन्द गरेर विश्वकप हेरेर टाइम कटाउँछन्, स्टाफहरु। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ