arrow

विश्वकप :अष्ट्रेलियाले डेनमार्कलाई रोक्यो

logo
प्रकाशित २०७५ असार ७ बिहिबार
denmark1.jpg

काठमाडौं । विश्वकप फुटबलमा पहिलो चरणको खेलमा हारेको अष्ट्रेलियाले दोस्रो चरणको खेलमा डेनमार्कलाई बराबरीमा रोकेको छ । 

पहिलो चरणको खेलमा फ्रान्ससँग २–१ ले हरेको अष्ट्रेलियाले दोस्रो चरणको खेलमा डेनमार्कलाई १–१ को बराबरीमा रोकेको हो । बराबरी भएपनि डेनमार्कको अघिल्लो चरण पुग्ने सम्भावना कायमै छ । उसको २ खेलबाट ४ अंक भएको छ ।

खेलमा सुरुवाती अग्रता डेनमार्कले नै लियो । खेलको ७औँ मिनेटमा डेनमार्कका क्रिष्टियन इरिक्सनले गोल गरे । जवाफमा अाेसिअाना क्षेत्रकाे अष्ट‍्रेलियाका मिले जेडिनाकले ३८औ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै बराबरी गरिदिए । पछि दुबै टोलीले गोल गर्न सकेनन् । समूह सीबाट फ्रान्स र डेनमार्क अघिल्लो चरण पुग्ने देखिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ